Shittalpati
छुट्टाछुट्टै घटनामा पाल्पाका दुई युवकको मृत्यु

पाल्पा । पाल्पा र बुटवलमा भएका छुट्टाछुट्टै घटनामा पाल्पाका दुई युवकको मृत्यु भएको छ । जिल्लाको रामपुर नगरपालिका ७ बट्टारमा स्कुटी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ, भने टिपरले मोटरसाईकललाई ठक्कर दिँदा बुटवलमा अर्को एक युवकको मृत्यु भएको हो ।

सोमबार बिहान रामपुर ७ बट्टार स्थित डम्रीगाउँबाट विजयपुरतर्फ जाँदै गरेको लु ५० प ६२१ नं.को स्कुटी अचानक अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक सोही स्थानका २२ वर्षीय जीवन राना रहेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ । उनको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ । यस्तै टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पाल्पाका एक युवाको बुटवलमा मृत्यु भएको छ । आइतबार दिउँसो बुटवलको नयाँ बसपार्कमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पाल्पा निस्दी गाउँपालिकाका ३३ वर्षीय मानबहादुर सोतीको मृत्यु भएको हो । मोटरसाइकलमा सवार सोतीलाई लु २ ख १९०५ नम्बरको टिपरले उनी सवार लु ११ प ४२१६ नम्बरको मोटरसाईललाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update