तानसेनमा पानी भएको बाल्टिनमा डुुबेर १५ महिने शिशुको मृत्यु
आइतबार, असोज ३०, २०७९

रम्भाको कालीगण्डकी किनारमा बेवारिसे शव फेला
आइतबार, असोज ३०, २०७९
कालीगण्डकी नदीमा बेवारिसे शव फेला परेको छ । पाल्पाको रम्भा गाउँपालिका – १ अर्सेदीस्थित कालीगण्डकी नदी किनारमा बेवारिसे शव फेला परेको हो । आइतबार विहान शव सडे गलेको अवस्थामा अन्दाजी १४/१५ वर्ष उमेरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तानसेनको नारायणस्थान पोखरीमा डुवेर एक बालकको ज्यान गयो
आइतबार, असोज ३०, २०७९
जिल्लाको तानसेन नगरपालिका –२ नारायणस्थानस्थित पोखरीमा डुवेर एक बालकको ज्यान गएको छ । आइतबार दिउँसो पोखरीमा पौडी खेल्न गएका तानसेन–६ टुुँडिखेल नजिकै बस्ने शेषकान्त पराजुलीका १२ वर्षीय छोरा सुजल पराजुलीको ज्यान गएको हो ।

प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ
आइतबार, असोज ३०, २०७९
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको छ । छपाइ भएकामध्ये प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधिसभा सदस्य निवाचनका लागि २२ लाख ५६ हजार मतपत्र रहेका...

अन्धविश्वासले सडकमा पुर्यायो
आइतबार, असोज ३०, २०७९
बुर्तिबाङ–बोङ्गादोभान सडक छेउमा एउटा सानो छाप्रो छ । छाप्रोमाथि अनकन्टार भिर, तल तमानखोला । त्यही छाप्रोमा बस्छ ६७ वर्षीय देवीराम दर्जीको परिवार । काठ, मुडा र पुराना जस्तापाताले बनेको छाप्रोले राम्रोसँग घाम पानी छेक्दैन । देवीरामको परिवार नौ वर्षदेखि यही छाप्रोमा आश्रय लिँदै आएको छ ।

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै बगनासकाली
आइतबार, असोज ३०, २०७९
जिल्लाको बगनासकाली गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको छ । पालिकाले नागरिकहरुको सहजताका लागि वडाबाटै भत्ता दिने व्यवस्था मिलाएको हो । यहाँका नागरिकहरुले नेपाल बैंक लिमिटेडमा खाता खोली सोही बैंक मार्फत भत्ता लिदै आएका थिए । सबै नागरिकको पहुँचमा बैंकि सेवा नपुुग्दा भत्ता लिन असहज भएको अवस्थामा...

आज विश्व खाद्य दिवस मनाइँदै
आइतबार, असोज ३०, २०७९
विभिन्न कार्यक्रम गरी आज ४२ औँ विश्व खाद्य दिवस मनाइँदै छ । हरेक वर्षको १६ अक्टोबरमा यो मनाइने गरिन्छ । खाद्यान्न संकट तथा भोकमरीविरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर विश्व खाद्यान्न दिवस मनाउने गरिएको हो ।

तिनाउमा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर एक युवकको मृत्यु
शनिबार, असोज २९, २०७९
जिल्लाको तिनाउ गाउँपालिका–२ हापुरस्थित तारे जंगलमा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर एक जना युवकको ज्यान गएको छ । शुक्रबार साँझ साथीसँगै जंगलमा अरिङ्गाल पोल्न गए हापुरका ३० वर्षीय विष्णु सारुको रुखबाट लडेर ज्यान गएको हो ।

विपदमा परेका व्यक्तिको उद्दारमा सुरक्षाकर्मीद्वारा तानसेनमा पूर्व अभ्यास
शुक्रबार, असोज २८, २०७९
शुक्रबार दिउँसो तानसेन नगरपालिका– ३ तानसेन तम्घास सडक क्षेत्रको अप्पु भिलेज क्षेत्रमा सेना प्रहरीको बाक्लो उपस्थिति रह्यो । उक्त क्षेत्रमा सर्वसाधारण तथा यात्रुहरु के नै भए भनि हेर्न पुग्नेको भिडभाड बढ्यो । मानिसहरुले निकै चाख दिएर सेना प्रहरीले गरेका गतिविधी अवलोकन गरे ।

मन्त्री कार्कीद्वारा कानुन मन्त्रालयको पदभार ग्रहण
शुक्रबार, असोज २८, २०७९
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पदभार ग्रहण गरेका छन् । चार तथा सूचना प्रविधिमन्त्री कार्कीले कानुन मन्त्रालयको समेत जिम्मेवारी लिएपछि आज पदभार ग्रहण गरेका हुन् ।

मतदाता शिक्षालाई बृहत्तर बनाइने
शुक्रबार, असोज २८, २०७९
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित मतदाता शिक्षालाई बृहत्तर बनाउने तयारी गरेको छ ।

मोटरसाइकलको ठक्करबाट रामपुरमा पैदलयात्रीको मृत्यु
शुक्रबार, असोज २८, २०७९
जिल्लाको रामपुर नगरपालिका–५, सानीअमराईमास्थित कालिगण्डकी करिडोर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्युभएको छ । विहीबार साँझा रामपुरबाट दामाचौरतर्फ जाँदै गरेको लु ६८ प ९९९४ नम्बरको मोटरसाएकलले ठक्कर दिँदा बेझाँड बजार बस्ने ७० वर्षीया कोपरी दमिनीको मृत्यु भएको हो ।