Shittalpati
शिक्षामा लगानी गर्दै पाल्पाली समाज युएई
शिक्षामा लगानी गर्दै पाल्पाली समाज युएई काम र दामको खोजीमा वैदेशिक रोजगारीमा रहेका पाल्पाका युवाले शैक्षिक क्षेत्रमा लगानी गरेका छन् । गरिब, विपन्न परिवारका बालबालिकाको पठनपाठनमा सहयोग पुर्‍याउने उद्धेश्यले युवाको सहयोगमा पाल्पाका सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । वैदेशिक रोजगारीका लागि युएई गएका पाल्पालीहरुको साझा संस्था पाल्पाली समाज युएईले जिल्लाका ६२ सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना...
परम्परागत आरन बन्न थाले घरेलु उद्योग
परम्परागत आरन बन्न थाले घरेलु उद्योग पाल्पाको वगनासकाली ६ यम्घाका खिमबहादुर विश्वकर्माले बाली उठाउन छोडेको पाँच वर्ष भयो । खिमबहादुरले चापपानी—तानसेन सडकखण्डको छेवैमा घरेलु उद्योग सञ्चालन गर्न थालेका छन् । ‘हजुरबुबाको पालादेखि बालीघरमा काम गथ्र्यौ, बुबाको निधनपछि छोडियो’, खिमबहादुर भन्छन्, ‘अहिले नगदमै कारोबार हुन्छ, श्रमको मूल्य पाएका छौंँ ।’
तानसेन नगर सरकारद्वारा रेडक्रसलाई एम्बुलेन्स
तानसेन नगर सरकारद्वारा रेडक्रसलाई एम्बुलेन्स तानसेन नगर सरकारले नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखालाई वि ग्रेटको एम्बुलेन्स दिएको छ । नगरवासीको सेवा सुविधाको लागि नगर सरकारको ६० प्रतिशत र रेडक्रस पाल्पाको ४० प्रतिशत लगानीमा खरिद गरिएको एम्बुलेन्स नगर सरकारले रेडक्रसलाई दिएको हो ।
गुल्मीका कार्यालयमा छड्के
गुल्मीका कार्यालयमा छड्के जिल्लाका सरकारी कार्यालयहरुमा छड्के अनुुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले केहि कार्यालयलहरुमा छड्के अनुुगमन गरेको हो । जिल्ला सदरमुकाम तम्घारमा रहेका सरकारी कार्यालयहरुमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, नागरिक समाज, पत्रकारको टोलीले कार्यालयमा छड्के गरेको छ ।
माधवकुमार नेपाललाई स्पष्टीकरण
माधवकुमार नेपाललाई स्पष्टीकरण निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका रौतहट क्षेत्र नं १ का उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई फ्रि भिसा र फ्रि टिकटको आश्वासन दिएको विषयप्रति २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ ।
भिरबाट लडेर वृद्धको मृत्यु
भिरबाट लडेर वृद्धको मृत्यु अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका–१ ढाकावाङका अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भिरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।
पाल्पाका उम्मेदवार भोट माग्न घरदैलोमा व्यस्त
पाल्पाका उम्मेदवार भोट माग्न घरदैलोमा व्यस्त आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको सदस्यका लागि पाल्पाका राजनीतिक दल तथा उम्मेदवारहरु भोट माग्न घरदैलोमा व्यस्त छन् । वाम–लोकतान्त्रिक गठबन्धन, नेकपा एमाले सहित साना दल र स्वतन्त्र उम्मेदवारहरु निर्वाचन प्रचार–प्रसारको तालिका बनाएर मतदाताको घरदैलोमा भोट मागिरहेका छन् ।
रामपुर नहर बन्द हुँदा धानबालीमा असर
रामपुर नहर बन्द हुँदा धानबालीमा असर पाल्पा जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर पहिराले बन्द भएको छ । गत असोजको अन्ततिर परेको अविरल वर्षाले नहरका विभिन्न ठाउँमा क्षति पुर्‍याउँदा बन्द हुन पुगेको हो । नहर बन्द भएपछि धानबालीमा असर परेको किसानको गुनासो छ । रामपुर फाँट सिँचाइ आयोजना जल उपभोक्ता समितिबाट सञ्चालन...
भाइटीकाको साइत ११ः३७ बजे
भाइटीकाको साइत ११ः३७ बजे यस वर्षको भाइ टिका कार्तिक १० गते बिहीबार परेको छ । यसदिन साइत जुराएर टिका लगाउनेहरुका लागि विहान ११ः३७ बजे शुभसाइत रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गर्दै भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको जनाएको छ ।
नेपालमा भूकम्पको झट्का महशुस
नेपालमा भूकम्पको झट्का महशुस नेपालमा भूकम्पको झट्का महसुस गरिएको छ । काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको हो । बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा उपत्यका र आसपासको क्षेत्रमा भूकम्पको जट्का महसुस गरिएको छ । भूकम्पको इपिसेन्टर कहाँ हो जानकारी नआइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
पाल्पा र गुल्मी निर्वाचन : कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?
पाल्पा र गुल्मी निर्वाचन : कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? निर्वाचन आयोगले मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेको छ । आयोगले मतदाता संख्या, क्षेत्रफल र मतदान केन्द्रको संख्यालाई आधार मानेर खर्चको सीमा निर्धारण गरेको हो ।
तिहारलाई झिनिया
तिहारलाई झिनिया गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पूर्तिघाट बजारमा तिहारका लागि बनाईएका झिनिया सुकाउँदै स्थानीय । तिहार नजिकिएसँगै यहाँका स्थानीयलाई झिनिया बनाउन भ्याईनभ्याई छ ।
Weather Update