Shittalpati
तापक्रम घट्दै, चिसो बढ्दै
तापक्रम घट्दै, चिसो बढ्दै मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ ।
गुल्मीको फोक्सिङ्गमा गठबन्धनका उम्मेदवारलाई मतदाताले थपिदिए उत्साह
गुल्मीको फोक्सिङ्गमा गठबन्धनका उम्मेदवारलाई मतदाताले थपिदिए उत्साह ‘गठबन्धनका कारण पनि लहर आएको छ, तपाईँहरू जित्नुपर्छ, तर जिते पछि किसान र गरीबका समस्याको सही पहिचान गर्नुहोला ।’ झट्ट सुन्दा सामान्य जस्तो लाग्ने तर, अत्यान्तै महत्वपूर्ण र मर्म छुने खालको यो भनाई कालीगण्डकी गाउँपालिका ५ फोक्सिङ्ग बलाल टोलका ७१ वर्षीय जेष्ठ किसान टीकाबहादुर बलालको हो ।
निष्पक्ष निर्वाचनलाई जोड दिदैं पाल्पा विकास केन्द्र
निष्पक्ष निर्वाचनलाई जोड दिदैं पाल्पा विकास केन्द्र स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ । तर, निर्वाचन परिणाम हरहालतमा आफ्नो पक्षमा पार्ने प्रयास संसारभर नै हुन्छ । धेरै मुलुकमा निर्वाचनको बेला थरीथरीका धाँधली हुन्छन् । नेपालमा पनि निर्वाचनका बेला केही कुख्यात धाँधलीहरु हुँदै आएका छन् । लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाइराख्न आवधिक निर्वाचन अनिवार्य सर्त हो ।
उम्मेदवारले के–के मा खर्च गर्न पाउँछन्  ?
उम्मेदवारले के–के मा खर्च गर्न पाउँछन् ? निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार बनेकाहरुका लागि खर्चको सीमा तोकिदिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आचरसंहिता निर्माण गरेको आयोगले उम्मेदवारहरुले खर्च गर्न पाउने शिर्षक पनि तोकिदिएको हो ।
शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा
शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले भोली सार्वजनिक बिदा दिएको छ । सरकारले भोलि मंगलबार स्वर्गीय जोशीको निधनको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
डेङ्गुबाट ४८ को मृत्यु
डेङ्गुबाट ४८ को मृत्यु हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ ।
निर्वाचनको १७ दिन अघि मात्रै आमसभा र कोणसभा गर्न पाइने
निर्वाचनको १७ दिन अघि मात्रै आमसभा र कोणसभा गर्न पाइने आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने १७ दिन अगाडिपछि (कात्तिक १८) मात्रै राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका कार्यक्रमका गर्न पाउने भएका छन् । सो अवधिसम्म तामझाम नगरी २५ जनासम्म लिएर उम्मेदवारले मतदाताको घरदैलोमा प्रचारप्रसारका लागि जान पाउनेछन् ।
कृत्रिम फूलमालाले छपक्क बजार
कृत्रिम फूलमालाले छपक्क बजार तानसेनको तेस्रो सडकमा तिहारका लागि बेच्न राखिएको कृतिम फूूलका माला । तिहार नजिकिदै गर्दा तानसेनका बजार प्लाष्टिकका कृत्रिम फूूलमालाले ढपक्क छोपिएका छन् । फूल बेच्ने पसलहरूमा जादा कृत्रिम फूलमालाले रंगिन बनेका देख्न सकिन्छ । तिहारमा सकभर मखमली र सयपत्री माला लगाइने मान्यता भएपनि फूल अभावसँगै कृतिम मालाले बजार लिएका हुन् ...
पाल्पामा आचारसंहिताका विषयमा छलफल
पाल्पामा आचारसंहिताका विषयमा छलफल जिल्ला आचारसंहिता अनुगमन समिति पाल्पाले निर्वाचन आचारसंहिता २०७९ कार्यान्वयन तथा परिचालन सम्वन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
रामपुरमा अव्यवस्थित पार्किङ गर्नेलाई कारवाही गर्न नगर प्रमुख थापाको निर्देशन
रामपुरमा अव्यवस्थित पार्किङ गर्नेलाई कारवाही गर्न नगर प्रमुख थापाको निर्देशन रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अव्यवस्थित पार्किङ गरेका सवारीसाधनलाई कारवाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
तानसेनमा पानी भएको बाल्टिनमा डुुबेर १५ महिने शिशुको मृत्यु
तानसेनमा पानी भएको बाल्टिनमा डुुबेर १५ महिने शिशुको मृत्यु जिल्लाको तानसेनमा बाल्टिनमा डुुबेर १५ महिने शिशुुको मृत्युु भएको छ । तानसेन नगरपालिका–७ रक्साका थमन रानाको १५ महिने छोरी प्रिज्मा रानाको पानी रहेको बाल्टिनमा डुुबेर मृत्यु भएको हो ।
रम्भाको कालीगण्डकी किनारमा बेवारिसे शव फेला
रम्भाको कालीगण्डकी किनारमा बेवारिसे शव फेला कालीगण्डकी नदीमा बेवारिसे शव फेला परेको छ । पाल्पाको रम्भा गाउँपालिका – १ अर्सेदीस्थित कालीगण्डकी नदी किनारमा बेवारिसे शव फेला परेको हो । आइतबार विहान शव सडे गलेको अवस्थामा अन्दाजी १४/१५ वर्ष उमेरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Weather Update