Shittalpati
राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

काठमाडौं, राष्ट्रियसभाको यही भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्म स्थगित भएको उल्लेख छ । 

    राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी बैठक स्थगित गरेको सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update