Shittalpati
संसदमा विरोधका बीच अध्यादेश पेश
संसदमा विरोधका बीच अध्यादेश पेश मंगलबार बसेको संसद् बैंठकमा एमाले सांसदको विरोधका बीच अध्यादेश पेश भएको छ । कानुन न्याय तथा संसदीय मामीलामन्त्री दिलेन्द्र प्रसाद वडुले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश पेश गरेका हुन् । यस्तै, बडुले रेल्वे अध्यादेश पनि पेश गरे ।
काँग्रेस सभापति पदमा पुनः मतदान हुने
काँग्रेस सभापति पदमा पुनः मतदान हुने नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको छ । सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुने काँंग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
काँग्रेस महाधिवेशन: ३ सय ८० मत खस्यो
काँग्रेस महाधिवेशन: ३ सय ८० मत खस्यो नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको निर्वाचनमा अहिलेसम्म ३८० मत खसेको छ । पार्टीको १४औँ महाधिवेशन अन्र्तगतको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले मतदान गरिसकेका छन् ।
काँग्रेस १४औँ महाधिवेशन: पदाधिकारी र सदस्यका लागि मतदान सुरु
काँग्रेस १४औँ महाधिवेशन: पदाधिकारी र सदस्यका लागि मतदान सुरु नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान सुरु भएको छ । काँग्रेसका नेता कूलबहादुर गुरुङ्ले पहिलो मत खसालेका छन् । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान सुरु भएको हो ।
काँग्रेसका ५७ जनाले गरे उम्मेदवारी फिर्ता
काँग्रेसका ५७ जनाले गरे उम्मेदवारी फिर्ता काँग्रेसको १४ औं महाधिवेशनमा सभापति, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि शनिबार उम्मेदवारी दर्ता गराएका मध्ये ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै ५७ जनाले उम्मेदवारी फिर्ता गरेका हुन् ।
काँग्रेस महाधिवेशन उद्घाटन समारोह : ओली, दाहाल र नेपाल एउटै मञ्चमा
काँग्रेस महाधिवेशन उद्घाटन समारोह : ओली, दाहाल र नेपाल एउटै मञ्चमा राजनीतिक दलबीचमा मनोमालिन्य बढेका बेला नेपाली काँग्रेसको १४औँ महाधिवेशनले नेपालका वामपन्थी पार्टीका नेतालाई एउटै मञ्चमा उभ्याउने अवसर प्रदान गरेको छ । पछिल्लो समय पानी बाराबारको अवस्थामा रहेका मुलुकका ठूला बामपन्थी दलका नेताहरू आज काँग्रेस महाधिवेशनको उद्घाटन समारोहमा एकै मञ्चमा देखिएका छन् ।
पुराना पुस्ताबाट पार्टी चल्दैन :नेता भण्डारी
पुराना पुस्ताबाट पार्टी चल्दैन :नेता भण्डारी  नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले पुराना पुस्ताबाट पार्टी नचल्ने बताएका छन् । रूपन्देहीको भैरहवामा नेपाली काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
केन्द्रीय सदस्यमा रानाको उम्मेदवारी :  भन्छन् ‘लोकतन्त्रको संस्थागत र समृद्धिका लागि’
केन्द्रीय सदस्यमा रानाको उम्मेदवारी : भन्छन् ‘लोकतन्त्रको संस्थागत र समृद्धिका लागि’ नेपाली काँग्रेसका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेश सरकारका उर्जा जलश्रोत तथा सिचाई मन्त्री वीरबहादुर रानाले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
काँग्रेसको ६१ जिल्लामा मात्र अधिवेशन
काँग्रेसको ६१ जिल्लामा मात्र अधिवेशन नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत विहीबारसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन गरेको छ । यसबाहेक सबै जिल्लाका कूल १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकी १६ जिल्लामा भने अधिवेशन स्थगित भएको छ...
उर्जा मन्त्री रानाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा
उर्जा मन्त्री रानाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा लुम्बिनी प्रदेश सरकारका उर्जा जलश्रोत तथा सिचाई मन्त्री एवं नेपाली काँग्रेसका नेता विर बहादुर रानाले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
पाल्पाका सबै तहमा माओवादी केन्द्रको अधिवेशन, कहाँ कस्को नेतृत्व ?
पाल्पाका सबै तहमा माओवादी केन्द्रको अधिवेशन, कहाँ कस्को नेतृत्व ?  सांगठनिक सुदृढीकरणमा जुटेको नेकपा माओवादी केन्द्रले पाल्पाका १० वटै स्थानीय तहमा नेतृत्व चयन गरेको छ । माओवादीले पालिकमा सम्मेलन मार्फत सबैमा पालिकामा नयाँ नेतृत्व चयन गरेको हो । केन्द्रले तानसेन नगरपालिकामा प्रतिक्षा गाहा सिञ्जालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
एमाले अध्यक्षमा ओली विजयी
एमाले अध्यक्षमा ओली विजयी नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार आठ सय ४० मत प्राप्त गरेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेका थिए ।
Weather Update