Shittalpati
दुई/दुई पटक संसद भंग गरेको एमालेको जनता झुक्काउने खेल मात्रै : संयोजक श्रेष्ठ
pancha kanya steel

पाल्पा, सत्ता गठबन्धनका जिल्ला संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले दुई तिहाइ मत दिएर संसदमा पठाएको एमालेले राम्रोसँग संसद चलाउन नसकेर जनतालाई धोका दिएको बताएका छन् । दुई तिहाई मत सहित पाँच वर्ष संसद चलाउने जनमत पाएको एमालेले जनमत कुल्चिएर दुई/दुई पटक संसद भंग गरेकाले अहिलेको चुनावमा हामीलाई मत दिनुस् भन्नु नैतिकता नभएको र जनता झुक्काउने खेल मात्रै भएको बताए ।
पाल्पा क्षेत्र नं २ का विभिन्न क्षेत्रमा भएका चुनावी सभालाई सम्बोधन गर्दै सभापति श्रेष्ठले दुई/दुई पटक संसद भंग गर्ने, देशमा अस्थिरता फैलाउने, स्वच्छाचारिता गर्ने केपी ओली र उनको पार्टीले फेरी जनतलाई भुलभुलैयामा पार्नको लागि मत मागिरहेको बताए । उनले आफू दुई तिहाई मत सहित सत्तामा हूँदा राम्रोसँग सरकार चलाउन नसक्ने अनि फेरी कुन मुखले भोट देउ भनेका छन्, उनीहरुलाई सबै नागरिकले प्रश्न सोध्नुपर्ने र त्यसका विरुद्धमा गठबन्धनलाई विजयी गराउनुपर्ने श्रेष्ठको भनाई छ ।
एमालेको निरदलीय कदम र स्वेच्छाचारिता विरुद्धको गठबन्धन भएकाले एमालेका साथीहरुले समेत अहिले गठबन्धनलाई भोट दिएर विजयी बनाउनुपर्ने श्रेष्ठको तर्क छ । अब फेरी जनताले मत दिएर संसदमा गएपछि संसद विघटन गर्दैन भन्ने के ग्यारेन्टी त्यहि भएर ऐजेण्डा विहिन एमालेलाई भोट हालेर पछुताउनु मात्रै हुने श्रेष्ठको भनाई छ ।
देशमा परेको संवैधानिक र राजनीतिक संकटलाई समाधान गर्नको लागि अहिलेको पाँच दलीय गठबन्धन निर्माण भएको भन्दै नेता श्रेष्ठले अहिलेको गठबन्धनले जितेमा पाँचवर्षसम्म संसद भंग नगरेर जनताको विकास निर्माण र अवस्था परिवर्तनका क्षेत्रमा काम गर्ने प्रतिवद्धता समेत जनाए ।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update