Shittalpati
पुराना पुस्ताबाट पार्टी चल्दैन :नेता भण्डारी

रमेश विश्वकर्मा

भैरहवा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले पुराना पुस्ताबाट पार्टी नचल्ने बताएका छन् । रूपन्देहीको भैरहवामा नेपाली काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता भण्डारीले भने –‘डेट एक्सपायर नेताबाट अब मुलुक बन्दैन ।’ ‘बिज्ञान प्रविधि कहाँ पुग्यो हामीलाइ फोटो खिच्न र कुराकानी गर्न नयाँ–नयाँ मोवाइल चाहिने तर देश बनाउन नसक्ने पुराना नेताका पछि किन लाग्ने ? अब यसरी देश बन्दैन,नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ ।’ उनले भने । पुराना पुस्ताबाट पार्टी नचल्ने भन्दै यो महाधिवेशनले नयाँ सन्देश दिनुपर्ने उनको भनाइ छ । ‘नेताहरू दुईजिब्रे भए ,गफ मात्रै लाउने, यसरी विकास ,सम्पन्नता,समृद्दि कहिले आउँछ ? ,गाँउदेखि केन्द्रसम्म काँग्रेसको नेतृत्व बदल्न जरूरी रहेको छ’ उनले भने । प्रदेश अधिवेशन सर्वसम्मत तरिकाले नेता चुन्न पनि उनले गृहमन्त्री बालकृष्ण खाँणलाई आग्रह गरे ।

उनले निष्ठा, इमान्दारीले जित्नुपर्ने अवस्था रहेको बताए । डा. भण्डारीले देश बनाउन अगाडि बढेकाले कुनै स्वार्थ नरहेको बताए । उनले भने, ‘पैसा, पदको लोभ देखाइएला, तर अहिले पैसा र पदको लोभले जिताउनुहुँदैन ।’ प्रदेशको जितले केन्द्रमा नेतृत्वको जित हुने उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update