Shittalpati
काँग्रेस उपसभापतिमा खत्रीको उम्मेदवारी

गुल्मी,  जिल्लामा यहि असोज १९ गते हुन लागेको नेपाली काँग्रेसको अधिवेशनमा खुमबहादुर खत्रीले रेसुङ्गा नगरको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रेसुङ्गा १३ का वडाअध्यक्ष समेत रहेका खत्रीले उपसभापति पदमा आफनो उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

समाज सुधारको लागि रोजौं बाटो गतिशिल काँग्रेसको लागि युवाको खाँचो भन्ने नारा साथ उम्मेदवारी दिने खत्रीले बताए । उनले समाज परिर्वतनको निम्ती युवा अग्रस्थानमा आउनु पर्ने बताए । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षमा निर्वाचित खत्रीले वडामा विकासको निम्ती महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । वडा तहबाट नगरवासीको सेवाको निम्ति आफनो उम्मेदवारी रहेको खत्रीले बताए । विभिन्न संघ संस्थामा रहेर बिभिन्न जिम्मेवारी समालेको अनुभव संगालेका खत्री लोक दोहोरी गित प्रतिष्ठान गुल्मीको अध्यक्ष हुँदा नेपालकै उत्कृष्ट शाखा बनाउन सफल भएका थिए । नेपाली काँग्रेसको भातृसंगठन नेपाल साँस्कृति संघ जिल्ला कार्यसमितिको सभापती समेत रहेका युवा नेता खत्री पार्टीका विभिन्न संगठनमा रहेर काम गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update