Shittalpati
संविधान संशोधनको आवाज कमजोर बन्दै

काठमाडौं । आजको प्रतिनिधी सभा बैठकमा पेश हुने भनेर बहुचर्चा गरिएको परिवर्तिक नेपालको नक्सालाई संविधानको अंग बनाउने काम एका एक रोकिएपछि सरकार फेरि नयाँ षड्यन्त्रमा फँसेको अनुभूति हुनु थालेको छ । राता रात अग्राठ पलाउने खतरा बढेर गएको छ । उता भारतीय मिडियाहरु संविधान संशोधनको विषयमा नेपाल सरकार पछाडी हटेको भनेर व्यापक प्रचारवाजी शुरु गरेका छन् ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले केन्द्रीय समितिबाट निर्णय भए पछि मात्रै सो प्रस्ताव माथि आफ्नो धारणा अभिव्यक्त गर्ने भने पछि सरकार एका एक पछाडी अटेको श्रोतको दावा छ । संसदको नियमित कार्यसूचीबाटै हटाउनुको अर्थ यो बिषयमा सरकारले फेरी नयाँ धारणा बनाउँने तानावाना वुन्न लागेको हो कि भन्ने आशंका उब्जिएको छ ।

बुुधवबर संसदको कार्यसूचीबाट संविधान संशोधनको बिषय हटाइए पछि, नेपाली काँग्रेसका प्रवक्ता तथा युवा नेता बिश्व प्रकाश शर्माले, प्रस्ताव ल्याउँदा काँग्रेस नचाहिने, फिर्ता गर्दा काँग्रेसलाई दोष लगाउने काम गर्नु ठुलो षड्यन्त्र हो भनेका छन् । प्रक्रिया नै रोक्नपर्ने आवश्यकता थिएन् संसद र जनतालाई धोखा दिने र षड्यन्त्र गर्ने काम हुने संकेत देखिएको पनि प्रवक्त शर्माको धारणा छ । सांसद, युवा नेता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले, परिवर्तिक नक्सालाई संविधानको अंग बनाउँन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निस्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको वैठक चाहिएको हो भने, यसलाई छिटो वैठक बसेर पुरा गर्नुपर्न पार्टीसभापति शेरबहादुर देउवा समक्ष अनुरोध गरेका छन्, थापाले भनेका छन् यो काम फास्ट ट्याकबाट गर्नुपर्छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update