Shittalpati
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु जिल्लाको रेसुङ्गा नगरपालिका – ६ सिमाघाट स्थित लप्सीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको  मृत्यु भएको छ ।
पाल्पाका स्थानीय तहको बेरुजुमा सुधार, अझै २० करोड ३८ लाख बेरुजु
पाल्पाका स्थानीय तहको बेरुजुमा सुधार, अझै २० करोड ३८ लाख बेरुजु पाल्पाका स्थानीय तहमा बेरुजुको अवस्था सामान्य सुधार भएको देखिएको छ । महालेखा परीक्षकको ६२ औं प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा २०८०/८१ मा बेरुजुको अवस्थामा सामान्य सुधार देखिएको हो ।
लुम्बिनीमा राजस्व संकलनसम्बन्धी विधेयक पारित
लुम्बिनीमा राजस्व संकलनसम्बन्धी विधेयक पारित लुुम्बिनी प्रदेशले राजस्व संकलन सम्बन्धी विधेयक पारित गरेको छ ।  प्रदेशको आर्थिक प्रशासनलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित तयार गरिएको प्रदेश समायिक कर  तथा राजस्व संकलनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
सुशासन : कुरा हैन, व्यवहारमा उतारौं
सुशासन : कुरा हैन, व्यवहारमा उतारौं सुशासन आम नागरिकले अनुभूत गर्ने विषय हो । राज्यका हरेक संयन्त्रहरुबाट प्रवाह हुने बहु आयामिक सेवाहरू कुनै पनि मोलाहिजा विना, वाधा अप्ठ्यारो विना, कुनै पनि झन्झट नखेपी सहज रूपले प्राप्त गर्न सक्ने अवस्था नै सुशासन हो । राज्य प्रदत्त सेवाबाट आम नागरिकले प्राप्त गर्ने आत्म सन्तुष्टि नै सुशासनको सबैभन्दा बलियो...
सेन माविले मनायो ५७ औं वार्षिक उत्सव  
सेन माविले मनायो ५७ औं वार्षिक उत्सव   सेन माध्यमिक विद्यालय तानसेन पाल्पाले ५७ औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ । विद्यालयले आइतबार विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवस मनाएको हो ।
सन्धिखर्कमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न
सन्धिखर्कमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न जिल्लाको सन्धिखर्क नगरपालिकाका दुई स्थानमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएका छन् । दुई स्थानका शिविरबाट चार सय जनाले स्वास्थ्य परीक्षण गरेका हुन् । गाउँघरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएकामा स्थानीयले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
प्रताप शमशेरद्वारा निर्मित ऐतिहासिक धाराको जिर्णोद्धार
प्रताप शमशेरद्वारा निर्मित ऐतिहासिक धाराको जिर्णोद्धार जनरल प्रतापशमशेर राणा (सानुराजा) द्वारा निर्मित ऐतिहासिक धाराको जीर्णोद्धार गरिएको छ । यहाँको तानसेन नगरपालिका–२ असनटोलमा रहेको धाराको जिर्णोद्धार गरिएको हो । 
निजी क्षेत्रको मनोबल माथि नउठाइकन समृद्ध नेपाल बन्दैन: सभापति श्रेष्ठ
निजी क्षेत्रको मनोबल माथि नउठाइकन समृद्ध नेपाल बन्दैन: सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले निजी क्षेत्रको मनोबल माथि नउठाइकन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताएका छन् । नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संगठन लोकतान्त्रिक निर्माण व्यवसायी संघ पाल्पाको पहिलो जिल्ला अधिवेशनलाई शनिबार तानसेनमा सम्बोधन गर्दै उनले  पछिल्लो समय निजी क्षेत्रको मनोबल खस्कदै गएकाले उनीहरुको समस्या...
हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति
हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति गत साता आएको हुरीसहितको वर्षाले यहाँको केराखेतीमा २० प्रतिशत क्षति भएको छ । जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति भएको केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष घननाथ महतोले बताए । 
स्थानीय आफैँले बनाउन थाले खोलामा पुल
स्थानीय आफैँले बनाउन थाले खोलामा पुल दाङ–रोल्पा सडकखण्डअन्तर्गत विजौरी–होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन । पुल नहुँदा बर्खामा आवतजावत नै ठप्प हुन्छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको व्यापारिक थलो भनेकै दाङको विजौरी हो । 
भिजन लुम्बिनी मातहत कम्पनीका प्रतिनिधिहरु पाल्पामा
भिजन लुम्बिनी मातहत कम्पनीका प्रतिनिधिहरु पाल्पामा भिजन लुम्बिनी कम्पनी लि. मातहत रहेका कम्पनीका प्रतिनिधिहरुले  पाल्पामा तीन दिने प्रशिक्षण लिएका छन् । भिजन लुम्बिनीमार्फत देशको समृद्धि हासिल गर्ने र नेतृत्व विकास गर्ने उद्देश्यले  कम्पनीको प्रतिनिधिहरुले जिल्लाको तानसेनमा तीन दिने  प्रशिक्षण लिएका हुन् ।
Weather Update