श्रीकृष्ण जन्माष्टमीको सन्दर्भ
शनिबार, साउन ३१, २०८२
पाल्पा विकास केन्द्रले मनायो १५ औं साधारण सभा
शुक्रबार, साउन ३०, २०८२
मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको पाल्पा विकास केन्द्रले १५ औं वार्षिक साधारण सभा मनाएको छ ।
शिक्षा विधेयक सच्याउन प्याब्सन पाल्पाले बुझायो ज्ञापनपत्र
शुक्रबार, साउन ३०, २०८२
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) पाल्पाले विद्यालय शिक्षा विधेयकमा व्यवस्था गरेका केही प्रावधानहरु सच्याउन माग गर्दै सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाएको छ ।
मनसुन क्रमशः कमजोर हुँदै
शुक्रबार, साउन ३०, २०८२
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ ।
सिँचाइको व्यवस्था गर
शुक्रबार, साउन ३०, २०८२
देशका अधिकांस स्थानमा अझै पनि सिचाइँ अभावका कारण धान रोपाइँ हुन सकेको छैन । पहाडी क्षेत्रमा पानी परेकाले रोपाइँ गरिएको छ । तर, मुलुकको अन्न भण्डार भनिने तराई–मधेसमा पानी समयमै नपर्दा धेरै रोपाइँ हुन सकेको छैन ।
बगनासकालीमा बेवारिसे शव फेला
बिहीबार, साउन २९, २०८२
जिल्लाको बगनासकाली गाउँपालिका– १ रायडाँडास्थित चालिसे खोलामा एक पुरुषको शव फेला परेको छ । नाम र ठेगाना नखुलेको अन्दाजी ३२ वर्षीय पुरुष शव फेला परेको हो ।
पाल्पामा लालीगुँरास सहकारीका व्यवस्थापक पक्राउ
बिहीबार, साउन २९, २०८२
जिल्लाको रम्भा गाउँपालिका– ४ मा मुख्य कार्यालय रहेको लालीगुँरास बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेल पक्राउ परेका छन् ।
शिक्षा विधेयकमा असन्तुष्टि : प्याब्सन पाल्पाले बुझायो स्थानीय सरकारलाई ज्ञापनपत्र
बिहीबार, साउन २९, २०८२
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) पाल्पाले विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट प्रस्तावित विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने, पूर्ण छात्रवृत्ति दिने शब्दावली राख्ने, छात्रवृत्तिको दायरा विस्तार गर्ने लगायतका प्रावधान आफूहरूको हितविपरीत भएको भन्दै प्याब्सन...
अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन
बिहीबार, साउन २९, २०८२
लगातारको वर्षाका कारण पहिरो गएपछि बुधबार बिहानदेखि अवरुद्ध बनेकोे कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीखण्डको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि उक्त सडक दुई दिनदेखि पुर्णरुपमा अवरुद्ध बनेको थियो ।
टक्सारको गणेश रथयात्रा : हराउँदै रौनकता
बिहीबार, साउन २९, २०८२
पाल्पाको सदरमुकाम तानसेनको टक्सारटोलबाट निकालिने श्री ७ सूर्यविनायक गणेशको रथयात्रा यस वर्ष पनि निकालिएको छ । बुधबार धार्मिक आस्थासँग जोडिएको गणेशको रथयात्रालाई तानसेन नगरपरिक्रम गरी निकालिएको हो ।
डेंगु रोकथाम र नियन्त्रणमा ध्यान देऊ
बिहीबार, साउन २९, २०८२
पहिलेभन्दा गम्भीर ढंगले पहाडी र हिमाली क्षेत्रमा समेत फैलिएको छ । डेंगु मात्रै नभई अन्य पानीजन्य र कीटजन्य रोगहरूले पनि व्यापक असर पार्न थालेका छन् । यसतर्फ सचेत हुन आवश्यक छ । विगतमा डेंगुका कारण धेरैले ज्यान गुमाउनु परेको थियो । त्यस बेलाको चेतना र अनुभवबाट पाठ सिक्नुको सट्टा राज्य...


