विद्यार्थीलाई स्वदेशमै राख्ने वातावरण बनाउन राष्ट्रियसभाका सदस्यको माग
मंगलबार, भदौ ३, २०८२
निकालियो तानसेनमा अमरनारायण रथयात्रा
मंगलबार, भदौ ३, २०८२
तानसेनमा अमरनारायणको रथयात्रा निकालिएको छ । भजनकीर्तन, नेपाली सेनाको ब्यान्ड बाजा, सलामीसहित, टोलविकास संस्था, विद्यालयका विद्यार्थीसमेतको सहभागितामा रथयात्रा गरिएको हो । तानसेनको नारायणस्थान, मखनटोल, पाल्पा दरबार संग्रहालय, शीतलपाटी हुँदै भगवती मन्दिर, वसन्तपुर हुँदै पुनः शीतलपाटीको बाटो भएर टक्सार, लहरेपीपल, ब्यारेक हुँदै नगरपालिका क्षेत्रबाट पुनः अमरनारायण मन्दिरमा रथ लगेर विर्सजन गरिएको...
विश्व फोटोग्राफी दिवस मनाइँदै
मंगलबार, भदौ ३, २०८२
आज विश्व फोटोग्राफी दिवस मनाइँदै छ । हरेक वर्ष अगस्ट १९ मा यो दिवस मनाउने गरिएको छ । औपचारिक रुपमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो ।
आज राष्ट्रिय सूचना दिवस मनाइँदै
मंगलबार, भदौ ३, २०८२
राष्ट्रिय सूचना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचनाको हकसम्बन्धि ऐन २०६४ लागू भएको दिन भदौ ३ गतेलाई हरेक वर्ष राष्ट्रिय सूचना दिवसका रुपमा मनाउने गरिएको छ ।
फोटोग्राफी दिवसको सन्दर्भ
मंगलबार, भदौ ३, २०८२
‘एउटा फोटोले हजार शब्द बोल्छ’ यो वाक्य फोटोग्राफी बुझ्ने र फोटोमा रुची भएकाहरु कसैको लागि पनि नौलो होइन । क्यामेराको अविष्कारसँगै शुरु भएको फोटोग्राफी विश्वभरमा स्यामेस्वेतबाट रङ्गीनसम्म आइपुगेको छ ।
पाल्पाका तीन कम्युनिष्ट पार्टीहरु बीच एकताका लागि पहल
सोमबार, भदौ २, २०८२
पाल्पाका तीन कम्युनिष्ट पार्टीहरु बीच एकताका लागि पहल सुरु भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र नेकपाका जिल्ला स्तरमा पार्टी एकताका लागि छलफलमा जुटेका हुन् ।
पर्यटन क्षेत्रमा निजी क्षेत्रको साथ आवश्यक छ : मन्त्री पाण्डे
सोमबार, भदौ २, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने बताएका छन् ।
पहिराले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध
सोमबार, भदौ २, २०८२
वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडक अन्तर्गत रेसुङ्गा नगरपालिका‐१३ स्थित भँगारी खोलामा सडकमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गठबन्धन सरकार कुनै पनि हालतमा ढल्दैन : उपप्रधानमन्त्री पौडेल
सोमबार, भदौ २, २०८२
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान गठबन्धन सरकार नढल्ने बताएका छन् । आइतबार नेपाल पत्रकार महासङ्घ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले वर्तमान सरकार कुनै पनि हालतमा नढल्ने दावी गरेका हुन् । मुलुकका दुई ठूला दलको गठबन्धनको सरकार भएकाले कसैले चाहँदैमा नढल्ने मन्त्री पौडेलाको भनाई छ ।
बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन
सोमबार, भदौ २, २०८२
पछिल्लो समय सारङ्गी बजाएर जीविकोपार्जन गर्नेे गन्धर्व समुदायको संख्या घट्दै गएको छ । नयाँ पुस्तामा सारङ्गी बाजाप्रति रुचि नभएका कारण यसको जनसङ्ख्या घट्दै गएको हो ।
आन्तरिक स्रोत बढाऔं
सोमबार, भदौ २, २०८२
स्थानीय तहको सहज व्यवस्थापनका लागि आय स्रोतको महत्वपूर्ण भूमिका रहन्छ । तर स्थानीय सरकारले आन्तरिक स्रोत बढाउने दिशामा ध्यान दिन सकेका छैनन् । स्थानीय तहमा समाहित हुने विषयगत कार्यालयलाई सम्बन्धित स्थानीय तहअन्तर्गत सञ्चालन हुने कार्यक्रममा नेपाल सरकारबाट प्राप्त हुने पुँजीगत अनुदान र स्थानीय तहलाई प्राप्त हुने समानीकरण अनुदानको समेत हिस्सा...


