नवजनचेतना राष्ट्रिय दैनिक २०८२ फागुन १९ गते मंगलबार
मंगलबार, फागुन १९, २०८२
पाल्पा–१ का मतदाता : नयाँलाई रोज्दै, पुरानाको प्रतिबद्धताको हिसाब माग्दै
सोमबार, फागुन १८, २०८२
आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा पाल्पामा रौनक बढेको छ । उम्मेदवारहरूका लागि घरदैलो विगतको जस्तो सहज छैन । हिजोका दिनमा आश्वासन सुन्ने र ताली बजाउने मतदाता अहिले उम्मेदवारप्रति प्रश्न गर्न थालेका छन् । पुराना दलका नेताहरूलाई खबरदारी गरिरहेका छन् भने नयाँलाई उस्तै नहुने आधार मागेका छन् ।
निर्वाचन स्थलमा खटिए पाल्पाका मतदान अधिकृतहरू
सोमबार, फागुन १८, २०८२
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पाल्पामा कर्मचारी र सुरक्षाकर्मीहरू मतदान केन्द्र हिँडेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आवश्यक सामग्रीसहित कर्मचारीहरू सम्बन्धित मतदान केन्द्रतर्फ लागेका हुन् ।
सद्भाव र रंगको पर्व होली : आज पहाडी क्षेत्रमा उल्लासपूर्वक मनाइँदै
सोमबार, फागुन १८, २०८२
सदभावन र रङ्गहरुको पर्व होली आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व मंगलबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।
बुधबार रातिदेखि सवारी सञ्चालनमा रोक
सोमबार, फागुन १८, २०८२
फागुन २० गते बुधबार राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्मका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
होली पर्व : संस्कृति जोगाऔं, सभ्य बनौं
सोमबार, फागुन १८, २०८२
रंगहरुको पर्व होली अर्थात् फागु पूर्णिमा आज र भोलि धुमधामका साथ मनाइँदैछ । काठमाडौं उपत्यकासहित पहाडी भू–भागमा आज र तराईमा भोलि होली मनाइँदैछ ।
मतदाताबाट पाएको अपार मायाले हौसला बढाएको छ : काँग्रेस उम्मेदवार श्रेष्ठ
आइतबार, फागुन १७, २०८२
नेपाली काँग्रेस पाल्पा–२ का उम्मेदवार हिमालदत्त श्रेष्ठले आफूले मतदाताबाट अपार माया र सद्भाव पाएको बताएका छन् । चुनावी प्रचार–प्रसारका क्रममा घरदैलो अभियान सञ्चालन गरिरहेका श्रेष्ठ आफ्नो क्षेत्रका अधिकास वडामा पुग्दा मतदाताले आफूप्रति देखाएको सद्भाव र शुभेच्छाले हौसला बढाएको बताएका हुन् ।
पाल्पा–१ का एमाले उम्मेदवार आचार्यलाई पितृशोक
आइतबार, फागुन १७, २०८२
नेकपा एमाले पाल्पा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्यलाई पितृशोक परेको छ । उनका पिता दिल्लीप्रसाद आचार्यको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो ।
पाल्पामा मतदान अधिकृतलाई तालिम
आइतबार, फागुन १७, २०८२
मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा जगेडा कर्मचारीहरुलाई तालिम प्रदान गरी मतदान केन्द्रमा पठाउने तयारी गरेको छ । जिल्लाका १० वटै पालिकामा खटिने कर्मचारीलाई तालिम प्रदान गरेर केन्द्रमा पठाउने तयारी भएको हो ।
पाल्पामा चुनाव अवधिभर मदिरा बिक्री वितरणमा रोक
आइतबार, फागुन १७, २०८२
जिल्ला प्रशासन कार्यालय पाल्पाले शुक्रबारदेखि लागु हुनेगरी जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी यहाँ मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।
भेदभाव जरैदेखि उखेलौं
आइतबार, फागुन १७, २०८२
नेपाली समाजमा अझै पनि विभिन्न किसिमका भेदभाव कायमै रहेको छ । यो नाम वा त्यो नाममा भेदभाव हुने गरेको छ । यो अत्यन्त दुखको कुरा हो ।
आर्थिक समृद्धिका लागि आफुलाई मत दिन नेकपाका उम्मेदवार पाण्डेयको आग्रह
शनिबार, फागुन १६, २०८२
नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पाल्पा क्षेत्र नं.२ का उम्मेद्वार सोम प्रसाद पाण्डेयले आफू भारी मतले विजयी हुने बताएका छन् ।


