Shittalpati
गीता पाण्डे मृत्यु प्रकरण : पाँच जना प्रहरीको नियन्त्रणमा

बुटवल,पाल्पाको बगनासकाली गाउँपालिका–२ पाल्पा स्थायी घर भएकी गीता पाण्डे मृत्यु प्रकरणमा आरोपित दुई चिकित्सकसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रमुख आरोपितको रुपमा रहेका खत्री नर्सिङ होम बुटवल इटाभट्टीका सञ्चालक समेत रहेका डा. डिबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा.सतिष रुपाखेतीलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।

यसअघि तीन जनालाई प्रहरीले पक्राउ परिसकेको छ । प्रहरीले इन्दुलेखाका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेय, सन्ध्या बस्नेत र जोनल फार्मेसीका निलम घर्तीमगरलाई पक्राउ गरेर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तले जानकारी दिए । मेडिकलहरुको लापरवाहीले पाण्डेको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । १२ हप्ताको बच्चा पेटमा अस्वस्थ भएको भन्दै गर्भपतनको लागि बुटवलमा पुगेकी उनको ३ वटा क्लिनिकमा उपचार गर्दा गर्दै मृत्यु भएको  जनाइएको छ । पाण्डे बैशाख ५ गते आफ्ना श्रीमान् सहित बुटवल गएकी थिइन् । उनी सुरुवाती चरणमा खत्री नर्सिङ्गहोम (मेडिकल) हल ईट्टाभट्टीमा उपचारको लागि गएकी थिईन् । त्यहाँ गर्भपतन गराउनको लागि स्वास्थ्यकर्मीले औषधी चलाएका थिए । त्यसपछि त्यहाँ गर्भपत हुने सम्भावना नभएपछि उनलाई बुटवल हस्पिटल लाइनमा रहेको जोनल फार्मेसी (क्लिनिक) मा लगिएको थियो । त्यहाँ पनि उनको उपचार सम्भव नभएपछि सोही स्थानमा रहेको ईन्दुलेखा क्लिनिकमा लगिएको थियो । त्यहाँ पनि उनको औषधी चलाएर गर्भपतन गराउने प्रयास गरिएको पाइएको छ । उनको स्वास्थ्य अवस्थामा गम्भीर समस्या आएपछि अन्तिममा लुम्बिनी सिटी अस्पतालमा लगिएको थियो । अस्पतालमा  लगिएकोमा उनको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update