Shittalpati
लुम्बिनीको प्रचारप्रसार गर्न नगरप्रमुखहरु अमेरिकामा
लुम्बिनीको प्रचारप्रसार गर्न नगरप्रमुखहरु अमेरिकामा लुम्बिनी क्षेत्रको प्रचार–प्रसार गर्न लुम्बिनी सर्किटका नगरप्रमुखहरु अमेरिकाको टेक्सस पुगेका छन् । लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न गैरआवासीय नेपाली सङ्घ अमेरिका, पर्यटन विभागको समन्वय र सहजीकरणमा नगरप्रमुखहरुको टोली अमेरिका आएको हो ।
अलपत्र करोडौँका सरकारी गाडी
अलपत्र करोडौँका सरकारी गाडी गुल्मीमा करोडौँ मूल्य पर्ने सरकारी सवारी अलपत्र परेका छन् । जिल्ला समन्वय समिति, नेपाल टेलिकम, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री आधुनिकीकरण परियोजना, वन कार्यालय, गुल्मी अस्पताललगायतका कार्यलयमा सरकारी सवारी साधन अलपत्र अवस्थामा रहेका हुन् ।
आजदेखि एसइई : पाल्पामा यस वर्ष परीक्षा दिने बढे
आजदेखि एसइई : पाल्पामा यस वर्ष परीक्षा दिने बढे यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि एकैसाथ देशभर शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ– अनिवार्य संस्कृत रचना, अनिवार्य अंग्रेजी मदरसातर्फ – अनिवार्य अरेबिक भाषा, अनिवार्य अंग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ) अनिवार्य नेपालीको परीक्षा हुनेछ । चैत...
विश्व मुख स्वास्थ्य दिवस मनाइँदै
विश्व मुख स्वास्थ्य दिवस मनाइँदै आज मार्च २०, संसारभर विविध चेतनामूलक कार्यक्रमका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ । दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी  नेपालसहित विश्वभर यो दिवस मनाउन लागिएको हो ।
एसइई व्यवस्थित र मर्यादित होस्
एसइई व्यवस्थित र मर्यादित होस् यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशव्यापी रूपमा सञ्चालन हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार यसपटक पाँच लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । उक्त परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ । एसईई विद्यार्थीहरुको सुरक्षित भविष्यको ढोका पनि हो ।
पाल्पा जेसिजले दियो छात्राहरुलाई महिनावारीका लागि आवश्यक सामग्री
पाल्पा जेसिजले दियो छात्राहरुलाई महिनावारीका लागि आवश्यक सामग्री पाल्पा जेसिजले तासेनस्थित मोहन कन्या माविमा अध्ययनरत छात्राहरुलाई सुरक्षित महिनावारीका लागि आवश्यक सामग्री वितरण गरेको छ । छात्राहरु महिनावारी भएका बेलामा पनि विद्यालयमा नियमित होउन भन्ने उद्देश्यले जेसिजले सेनेटरी प्याड, साबुन, बाल्टीन जस्ता आवश्यक सामग्री वितरण गरेको हो ।
रामनवमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
रामनवमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय सरकारले चैत २४ गते  रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले उत्तः दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सहिद क्याम्पसमा स्ववियु निर्वाचन :  विवाद भएपछि मतगणना स्थगित
सहिद क्याम्पसमा स्ववियु निर्वाचन :  विवाद भएपछि मतगणना स्थगित जिल्लाको रामपुरमा रहेको सहिद बहुमुखी क्याम्पस रामपुरमा विवादपछि स्वतन्त्र विद्यार्थी युनियनको मतगणना स्थगित भएको छ । मतगणनाको क्रममा विवाद उत्पन्न भई असहज परिस्थिति सिर्जना भएपछि मतगणना स्थगित गरिएको हो ।
त्रिबक्यामा स्ववियु निर्वाचन : सभापतिमा अखिल क्रान्तिकारीका घर्ती, सचिव र कोषाध्यक्षमा नेविसंघ विजयी
त्रिबक्यामा स्ववियु निर्वाचन : सभापतिमा अखिल क्रान्तिकारीका घर्ती, सचिव र कोषाध्यक्षमा नेविसंघ विजयी जिल्लाको तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियु क्रान्तिकारीका मिलन घर्ति मगर विजयी भएका छन् । बुधबार सम्पन्न अन्तिम मतगणनामा घर्ति मगरले कूल खसेको मतमा ३ सय ९० प्राप्त गरी विजयी भएका हुन् । 
पूर्वविशिष्टलाई सुविधा दिने चर्चा
पूर्वविशिष्टलाई सुविधा दिने चर्चा केही दिन यता पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने विषयले चर्चा पाएको छ । सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई  सुविधा दिने कानुन ल्याउन लागेको भन्दै सर्वत्र चर्च र आलोचना हुने गरेको छ । तर सरकारका मन्त्रीहरुले भने त्यसको बचाउ गर्दै आएका छन् ।
Weather Update