Shittalpati
आज बुद्ध जयन्ती : बुद्धप्रति आस्था प्रकट गरि मनाइँदै
आज बुद्ध जयन्ती : बुद्धप्रति आस्था प्रकट गरि मनाइँदै वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६९ औं बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम बुद्धको पूजा आराधना, प्रवचन गरी जयन्ती मनाउन लागिएको हो ।
ओझेलमा ‘जोगीपानी कुवा’
ओझेलमा ‘जोगीपानी कुवा’ यहाँको कुवाको पानी पिएपछि वाक्य नफुटेका बच्चाहरूको वाक्य फुटछ भन्ने विश्वास सयौं वर्षदेखि कायमै छ । कुवाको पानी पिलाउँदा पछि ढिलोसम्म बोली नफुटेका बच्चाको बोली फुट्छ भन्ने मान्यताका साथ पानी लैजाने गरेको पाइन्छ ।
नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित
नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सरकारले गत वैशाख १९ गते ल्याएको नीति तथा कार्यक्रम पारित गरेको हो । बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का
जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का घोराही उमहानगरपालिका–१० नारायणपुरमा तरकारीखेती गरेका रोल्पाको रुन्टीगढी गाउँपालिका–७ गैराका महेन्द्र खड्काले स्थानीय ३८ जनालाई रोजगारी दिएका छन् । उनले १३ बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएका छन् । 
गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण
गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकीका भवन निर्माण गरिएका छन् । वडा नं १ को दुदिलाभाटी र वडा नं ७ मा मल्म स्वास्थ्य चौकी निर्माण गरिएका हुन् । वर्षौँ पुराना भवनबाट सञ्चालन हुँदै आएका स्वास्थ्य चौकीलाई व्यवस्थित गरी नगरपालिकाले प्रभावकारी सेवा प्रदान गर्न नयाँ संरचना थप गर्दै आएको छ ।
प्रेस चौतारी पाल्पाले मनायो २५ औं स्थापना दिवस
प्रेस चौतारी पाल्पाले मनायो २५ औं स्थापना दिवस प्रेस चौतारी नेपाल पाल्पा शाखाले २५ औं शाखा स्थापना दिवस एवं  रजतजयन्ती विविध कार्यक्रम गरी मनाएको छ । शाखाको वि.स. २०५७ बैशाख २७ स्थापना  भएको थियो ।  दिवसको दिन दिप प्रज्ज्वलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ ।
बजेटमा किसानमुखी कार्यक्रम ल्याउन माग
बजेटमा किसानमुखी कार्यक्रम ल्याउन माग अखिल नेपाल किसान महासंघ पाल्पाले बजेटमा किसानमुखी कार्यक्रम ल्याउन माग गरेको छ । महासंघले बैठकबाट निर्माण भएको घोषणा पत्र सार्वजनिक गर्दै विभिन्न ३८ बुदैँ मागहरु कार्यान्वयन गर्न ३ वटै सरकारसँग माग गरेको हो ।
आज नृसिंह जयन्ती मनाइँदै
आज नृसिंह जयन्ती मनाइँदै वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ । हरेक वर्ष वैशाख शुक्ल चतुर्दशीका दिन यो मनाउने गरिन्छ । नृसिंह अवतार भगवान् विष्णुको चाँैथो अवतार हो । दैत्यराज हिरण्यकश्यपुको ‘बध’ गरी भक्त प्रÞलादको उद्धार गर्नका निमित्त विष्णु भगवानले नृसिंह अवतार धारण गर्नुपरेको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
युद्ध होइन, शान्ति खोज
युद्ध होइन, शान्ति खोज पछिल्ला केही दिन यता भारत र पाकिस्तानबिच विवाद चुलिएको छ । गत २२ अप्रिलमा कश्मीरको पहलगाममा आतंकवादी हमलामा २५ भारतीय र एक नेपाली पर्यटकले ज्यान गुमाउनुपरेको थियो । सो घटनालाई लिएर भारतले ‘अपरेसन सिन्दूर’ सुरु गर्दै पाकिस्तानमाथि हमला ग¥यो । पाकिस्तानले जवाफी मिसाइल हानेपछि यी दुई देश फेरि युद्धको मोर्चामा...
‘व्यावसायिक योजनाबिनै दुईवटा अन्तरराष्ट्रिय विमानस्थल बनाइयो’
‘व्यावसायिक योजनाबिनै दुईवटा अन्तरराष्ट्रिय विमानस्थल बनाइयो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्गदेनले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल कुनै ठोस व्यावसायिक योजनाबिना निर्माण गरिएको आरोप लगाएका छन् ।
Weather Update