प्रधानमन्त्री ओलीले दिए राजीनामा
मंगलबार, भदौ २४, २०८२
कांग्रेस महामन्त्रीद्वयद्वारा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह
मंगलबार, भदौ २४, २०८२
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। उनिहरुले आज संयुक्त विज्ञप्तिमार्फत पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई समेत राजीनामा दिएर ‘नवीन राष्ट्रीय सहमति’का लागि मार्ग...
खानेपानीमन्त्रीद्वारा राजीनामा
मंगलबार, भदौ २४, २०८२
खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा गरेको घोषणा गरेका छन् । रासससँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउन आफू प्रधानमन्त्री निवासतर्फ जान लागेको जानकारी दिए ।
कृषिमन्त्री अधिकारीद्वारा राजीनामा
मंगलबार, भदौ २४, २०८२
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
रुपन्देहीमा निषेधाज्ञा जारी
मंगलबार, भदौ २४, २०८२
रुपन्देही जिल्ला प्रशासन कार्यालयलले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
श्रद्धाकर्म सोह्रश्राद्ध
मंगलबार, भदौ २४, २०८२
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध सोमबारदेखि सुरु भएको छ । सोह्र दिनसम्म चल्ने यस श्राद्धलाई पितृ पक्ष पनि भनिन्छ । हिन्दू धर्मावलम्बीले यस अवधिमा आफ्ना दिवंगत पूर्खालाई तिथी मिलाएर तर्पण, पिण्डदान र ब्राÞमण भोजन गराउने गर्छन् । हाम्रो समाज पितृप्रधान रहेकाले मूल पुरुषको तिथीमा अन्य पूर्खालाई स्मरण...
जेन–जी प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो
सोमबार, भदौ २३, २०८२
जेन–जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरमा ८, एभरेस्टमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको मृत्यु भएको हो ।
चिउरीको तेल पेल्न भ्याइनभ्याइ
सोमबार, भदौ २३, २०८२
घोराही उपमहानरपालिका–१३ भिउँडरका स्थानीय कालु विकलाई आजभोलि चिउरीको तेल पेल्न भ्याइनभ्याइ भएको छ । नेपालीहरूको महान् पर्व दसैँ–तिहार आउन थालेसँगै उनलाई चिउरी पेल्न भ्याइनभ्याइ भएको हो ।
जेन–जीको प्रदर्शन : प्रहरीको गोली लागेर १३ जनाको मृत्यु
सोमबार, भदौ २३, २०८२
जेन–जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १३ पुगेको छ । आज बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १३ जनाको मृत्यु भएको हो ।
चल्न थाल्यो फेसबुक
सोमबार, भदौ २३, २०८२
सरकारले बन्द गरेको सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको छ । जेनजीको आन्दोलनसँगै कतिपय ठाउँमा सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको प्रयोगकर्ताले बताएका छन् ।
जेन–जी प्रदर्शन : गोली लागेर पत्रकारसहित दर्जनौँ प्रदर्शनकारी घाइते
सोमबार, भदौ २३, २०८२
बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर पत्रकारसहित दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरूको सिभिल, एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


