Shittalpati
पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ, तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित  इँट्टाभट्टाको पर्खाल भत्किँदा  त्यसमा च्यापिएर आज एक जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । 

 जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक रेशम बोहराका अनुसार स्थानीय सेवा इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर भारतको बहराइच जिल्लाका ३० वर्षीय तीर्थराम पासवानको मत्यु भएको हो । पर्खालमा  च्यापिएर सोही स्थानका ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते रुपमा घाइते भएका छन् । दाङमा प्राथमिक उपचार गरेर उनिलाई कोहलपुर शिक्षण अस्पताल पठाइएको छ । 

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update