Shittalpati
बाबुको हत्या आरोपमा छोरा पक्राउ

बुटवल, रुपन्देहीको कञ्चन गाउँपालिका–४ बेलडाँडामा बाबुको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । बेलडाँडाका ५८ वर्षीय जंगबहादुर थारुलाई हत्या गरेको आरोपमा उनकै  २४ वर्षीय छोरा सुनिल थारु  पक्राउ परेका हुन् । घरायसी विवादमा शुक्रबार छोराले बाबुको घाँटी बटारेर हत्या गरेको रुपन्देही प्रहारीले जानकारी दिएको छ । घाँटी बटारिएपछि बेहोस भएका बाबुलाई छिमेकीले तत्काल कपिलवस्तुस्थित पिपरा अस्पताल पुयाएका थिए । तर, त्यहाँ पुग्दा उनको मृत्यु भइसकेको थियो ।  कुटपिटको घटना स्थानीयले प्रहरीलाई जानकारी दिएपछि रुद्रपुर प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सुनिललाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update