दीप बालेर गए प्रदीप गिरी !
सोमबार, भदौ ६, २०७९
पूर्व मन्त्रीदेखि सांसद भएकै जिल्लाको क्याम्पस आर्थिक संकटमा
सोमबार, भदौ ६, २०७९
पूर्व मन्त्रीदेखि सांसद र प्रभावशाली नेताहरु भएको गुल्मीको एक क्याम्पस आर्थिक संकटमा परेको छ । शैक्षिक धरोहरको रुपमा छुट्टै पहिचान बनाउन सफल भएको रेसुंगा बहुमुखी क्याम्पस अहिले आर्थिक संकटमा परेको हो । विसं २०३९ सालमा स्थापना भएको क्याम्पसले व्यवस्थापनमा आर्थिक समस्या भएको भन्दै आर्थिक संकटकाल घोषणा गरिसकेको छ ।
मृगौला पीडितलाई आर्थिक सहयोग
सोमबार, भदौ ६, २०७९
पाल्पाली सेवा समाज दोहा कतारले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । उसले विगत एक वर्षदेखि मृगौलाको उपचार गराउदै आएका बगनासकाली गाउँपालिका–७ खानीगाउँका ५२ बर्षीय दिलबहादुर मगरलाई एक लाख आर्थिक सहयोग गरेको हो ।
इन्धनको मूल्य घटाऊ
सोमबार, भदौ ६, २०७९
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भएअनुसारै मूल्य समायोजन गर्ने भनिए पनि नेपालमा निगमले भने त्यसो गर्दैन । बरु घाटा मात्रै छ भनिरहन्छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य तीन पटक घटेर आइसकेको छ । इन्डियन आयल कर्पाेरेसनले हरेक १५ दिनमा नयाँ मूल्य निर्धारण गरी पठाउँछ । तीन पटक गरी पेट्रोल र...
तानसेनमा अमरनारायण रथयात्रा निकालियो
आइतबार, भदौ ५, २०७९
जिल्लाको सदरमुकाम तानसेनमा अमरनारायणको रथयात्रा निकालिएको छ । तत्कालीन समयमा सेन राज्य पाल्पा नेपालमा राज्य विलय भएपछि पाल्पाको कमाण्डर भएपछि काजी अमरसिंह थापाले नारायणको कलात्मक मन्दिर निर्माण गरी हरेक वर्ष तानसेनमा जात्रा निकाल्ने प्रचलन अनुरुप यस वर्ष आइतबार निकालिएको हो ।
हार्दिक श्रद्धाञ्जली ! निष्ठाका धरोहर प्रदीप गिरी
आइतबार, भदौ ५, २०७९
विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनमा नेता प्रदीप गिरीको गृहजिल्ला सिरहा पुग्नुभएका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले गिरीको चुनावी सभामा भनेका थिए ‘तपाईंहरू प्रदीप गिरीलाई जिताएर पठाउनुस्, म शक्तिशाली मन्त्री बनाउँछु, पछि प्रधानमन्त्री नै बनाउँछु ।’’
निवर्तमान नगर प्रमुख र उप–प्रमुख नेकपा एसमा प्रवेश
आइतबार, भदौ ५, २०७९
तानसेन नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार शाही र उप प्रमुख लक्ष्मीदेवी पाठकसहितका नेताहरु नेकपा एकिकृत समाजवादी (एस) मा प्रवेश गरेका छन् । नेकपा एमालेबाट २०७४ को स्थानीय तहको निर्वाचनमा तानसेन नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा निर्वाचित भएका उनीहरु पार्टीका गतिविधिहरुबाट असन्तुष्टि जनाउँदै नेकपा एसमा प्रवेश गरेका हुन् ।
आत्मनिर्भर अर्थतन्त्र निर्माणका कदम
आइतबार, भदौ ५, २०७९
भन्ने गरिन्छ युद्धले भन्दा छिटो कुनै पनि देशलाई धोस्त पार्नु छ भने त्यो देशको अर्थतन्त्रलाई कमजोर बनाउनु,अर्थतन्त्र कमजोर बनाउनु छ भने देश भित्र द्वन्द्व र अस्थिरताको आगो सल्काईदिनु ।’ जुन घटना हामीले माओवादी १० वर्षे जनयुद्ध र पटक पटकका व्यवस्था परिवर्तनका लागि गरिएका बन्द, हड्तालमा नै अनुभव र सामाना गर्दै...
पाल्पामा नेपाल–अंग्रेज युद्वको सम्झना, भगवती जात्रालाई राष्ट्रियकरण गर्न जोड
आइतबार, भदौ ५, २०७९
नेपाल–अंग्रेज युद्धमा नेपाली सेनाले अंग्रेजलाई हराएको सम्झनामा शनिबार पाल्पाको तानसेनमा विजयी उत्सव स्वरुप ऐतिहासिक भगवती जात्रा मनाइएको छ । नेपाल अंग्रज युद्धसँग जोडिएको र वीरताको प्रतिकका रुपमा प्रत्येक वर्ष मनाइने श्री ७ रणउज्जेश्वरी भगवति जात्रा हर्सोउल्लासका साथ मनाइएको हो ।
तानसेन गुठीद्वारा छात्रवृत्ति, पुरस्कार र जात्रालाई सहयोग
आइतबार, भदौ ५, २०७९
धार्मिक, सांस्कृतिक र सामाजिक परोपकारीको क्षेत्रमा सक्रिय रहँदै आएको तानसेन गुठी तानसेन शाखाले छात्रवृत्ति, पुरस्कार, स्वास्थ्य उपचार खर्च र सांस्कृतिक पर्व जात्राहरुका लागि आर्थिक सहयोग गरेको छ । गुठीले तानसेनमा अध्ययनरत गरिब, जेहान्दार विद्यार्थीलाई छात्रवृत्ति, एसईईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कार, आर्थिक अवस्था कमजोर भएकालाई उपचार खर्च र तानसेनमा सञ्चालन...
ग्लोबलको अनलाइन मार्फत ग्राहक पहिचान सेवा
आइतबार, भदौ ५, २०७९
ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान सेवाको सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन् ।
अस्वाभाविक महँगी
आइतबार, भदौ ५, २०७९
दिनप्रतिदिन अकासिँदो महँगीले उपभोक्ताको ढाड नराम्रोसित सेकिरहेको छ । तैपनि सरकार भने यसप्रति पूरै बेसरोकार देखिन्छ । अहिले खाद्यान्नदेखि हरेक वस्तुहरुमा अस्वाभाविक रुपमा महँगी बढेको छ । व्यापारीहरुले केही साना बहाना पाउनु हुन्न बजारमा भाउ बढाई हाल्छन् ।


