Shittalpati
तानसेनमा जात्रा हेर्न आउनेलाई सडकमै पानी
तानसेनमा जात्रा हेर्न आउनेलाई सडकमै पानी सामाजिक सेवामा क्रियाशिल रहेका पाल्पाका लायन्स क्लव र रोट्रयाक क्लवहरुले ऐतिहासिक भगवती जात्रा हेर्न आउनेहरुका लागि पानी सहयोग गरेका छन् । शनिबार भगवती जात्रा हेर्न आएका जात्रालुहरुलाई लायन्स क्लव अफ पाल्पा, लियो क्लव अफ पाल्पा दोस्रो, लियो क्लव अफ एलएमसी र रोट्रयाक क्लव अफ पाल्पा तानसेनले तानसेनको हुलाकचोकमा निः शुल्क...
कोरोनाका कारण थप दुई जनाको ज्यान गयो
कोरोनाका कारण थप दुई जनाको ज्यान गयो कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान गएको छ । देशका विभिन्न अस्पताल तथा होमआइशोलेशनमा उपचार गराइरहेका दुई जनाको शनिबार ज्यान गएको हो । योसँगै कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या ११ हजार ९ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवती जात्रा
अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवती जात्रा पाल्पाको तानसेनमा शनिबार ऐतिहासिक भगवती जात्रा हर्षोल्लाहका साथ मनाइएको छ । गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा शनिबार वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको हो ।
साढे १२ लाख भेटी संकलन
साढे १२ लाख भेटी संकलन स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र शिव मन्दिर छाङ्छाङ्दीमा साउन महिनामा मात्रै १२ लाख ६० हजार छ सय ९९ भेटी संकलन भएको छ । भिरकोट नगरपालिका–४ छाङ्छाङ्दीमा रहेको उक्त शिवमन्दिरमा साउनको सोमबार आउने भक्तजनबाट भेटी संकलन भएको मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णप्रसाद श्रेष्ठले बताए ।
टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा
टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिका कार्यालय प्रा·णमा रहेको टुँडिखेल मैदानको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश : मन्त्री मात्रै फेरिए, फेरिएन प्रदेशको मुहार
लुम्बिनी प्रदेश : मन्त्री मात्रै फेरिए, फेरिएन प्रदेशको मुहार लुम्बिनी प्रदेशमा एमालेका मुख्यमन्त्री शंकर पोखरेलले झण्डै साढे ३ वर्ष ६ मन्त्रीबाट ७ वटा मन्त्रालय चलाएका थिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सत्ता जोगाउनकै लागि पोखरेलले २०७७ वैशाखमा दुई वटा मन्त्रालय थपेर ९ पुर्‍याए । पछि काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, जनमोर्चा र स्वतन्त्रसमेतको समर्थनमा साउन २८ मा कुलप्रसाद...
आज श्री कृष्णजन्माष्टमी पर्व मनाइंदैं
आज श्री कृष्णजन्माष्टमी पर्व मनाइंदैं श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी मनाइंदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र अष्टमीको मध्यरातमा भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो । कंसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक मान्यता छ ...
भीरकोटमा आर्थिक उपार्जन गर्न पकेट कार्यक्रम
भीरकोटमा आर्थिक उपार्जन गर्न पकेट कार्यक्रम स्याङ्जाको भीरकोट नगरपालिकाले आर्थिक उपार्जनका लागि बंगुर, बाख्रा र सुन्तला पकेट कार्यक्रम सुरु गरेको छ । नगरपालिकाका नौवटै वडाका आर्थिक र सामाजिक हिसाबले पछाडी परेकालाई स्वावलम्बी बनाउने लक्ष्यसहित पालिकाले पकेट कार्यक्रम सुरु गरेको हो ।
कृष्ण जन्माष्टमी र धार्मिक महत्व
कृष्ण जन्माष्टमी र धार्मिक महत्व भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
Weather Update