नवजनचेतना राष्ट्रिय दैनिक २०७९ भदौ १२ गते आइतबार
आइतबार, भदौ १२, २०७९
पाल्पामा शाइन रेसुङ्गा बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता
शनिबार, भदौ ११, २०७९
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक पाल्पा शाखाले विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत बैंकले जिल्लाको माथागढी गाउँपालिका चिदीपानीमा रहेको सौभाग्य माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
नागरिकता विधेयकमा राष्ट्रपतिको एमाले भूमिका : नेता कंडेल
शनिबार, भदौ ११, २०७९
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेलले नागरिकता विधेयकमा राष्ट्रपतिको एमाले भूमिका देखिएको बताएका छन् । शनिबार सदमुकाम तम्घासमा नेपाली काँग्रेस गुल्मीले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिहरुको सम्मान, बधाई तथा अभिमुखीकरण कार्यक्रलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको भूमिका खेलेको बताएका हुन् ।
तानसेनमा ‘जुग पञ्चदान’ पर्व मनाइयो
शनिबार, भदौ ११, २०७९
बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने ‘जुग पञ्चदान’ पर्व तानसेनमा मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन पाल्पासहित देशैभरका बौद्धमार्गी नेवार समुदायले यो पर्व मनाउने गर्दछन् ।
त्रिशूल : काव्यको उपविधा
शनिबार, भदौ ११, २०७९
कविता, आख्यान, निबन्ध र नाटक साहित्यका चार विधाहरू हुन् । जसमध्ये कविता अर्थात् काव्य विधा सर्वप्राचिन, सर्वमान्य र सर्वव्यापी विधाको रूपमा रहँदै आएको छ । कवितालाई आकार प्रकारका दृष्टिले निकै सानादेखि ज्यादै ठूला स्वरूपसम्ममा वर्गीकरण गरिएका छन् । कविताको सबैभन्दा सानो इकाईलाई लघुतम कविता भनिन्छ ।
‘जनताको साथमा काँग्रेस’
शनिबार, भदौ ११, २०७९
‘जनताको साथमा काँग्रेस’ यो नेपाली काँग्रेसको एक अभियान हो । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि काँग्रेसले यो अभियान ल्याएको हो । जुन अभियान शुक्रबारदेखि पाल्पासहित देशैभर शुभारम्भ भएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यासमितिले पाल्पाको अभियानमा केन्द्रीय सदस्य अब्दुल रञ्जाकलाई खटाएको छ । पाल्पामा पनि तानसेनमा एक औपचारिक कार्यक्रम...
आज कुसे औंसी, पितालाई विशेष सम्मान गरी मनाइँदै
शनिबार, भदौ ११, २०७९
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुसे औँसी पर्व आज पिताको विशेष सम्मान गरी मनाइँदै छ । यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।
आपत्कालिन स्वास्थ्य प्रतिकार्य निर्माणमा रेडक्रस
शनिबार, भदौ ११, २०७९
नेपालमा दिनहुँ स्वास्थ्य विपद्का घटनाहरु बढ्दै गएपछि नेपाल रेडक्रस शोसाईटी पाल्पाले तानसेन नगरपालिकासँग समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार र आपत्कालिन स्वास्थ्य कार्यक्रम तथा आपत्कालिन स्वास्थ्य प्रतिकार्य योजना तर्जुमा कार्यक्रम गरेको छ ।
पिताको सम्मान र आशीर्वाद
शनिबार, भदौ ११, २०७९
पितृ देवो भव, अर्थात् जन्म दिने बाबु देवता सरह हुन । पूर्वीय धर्म, दर्शनअनुसार मानिसले जन्मदै तीन ऋण लिएर जन्मेको हुन्छ । पितृ ऋण, देव ऋण र ऋषि ऋण । पितृ ऋण चुकाउने केही पर्वहरु छन् त्यसमध्ये पर्छ कुसे औंसी, भाद्र कृष्ण पक्ष । कुसे औंसीलाई पिताको सम्मान गर्ने दिनको...
पाल्पासहित देशैभर ‘जनताको साथमा काँग्रेस’ अभियान शुभारम्भ
शुक्रबार, भदौ १०, २०७९
‘जनताको साथमा काँग्रेस’ यो नेपाली काँग्रेसको एक अभियान हो । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि काँग्रेसले यो अभियान ल्याएको हो ।
रैनादेवी छहरामा १७ वर्षीय किशोर मृत फेला
शुक्रबार, भदौ १०, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा एक किशोर मृत अवस्थामा फेला परेका छन् । रैनादेवी छहरा गाउँपालिका ८ खुर्सानेका १७ वर्षीय लीलाबहादुर कार्की शुक्रबार विहान मृत अवस्थामा फेला परेका हुन् ।
नागरिकता बनाउन सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
शुक्रबार, भदौ १०, २०७९
इलाका प्रशासन कार्यालय रामपुरबाटै नागरिकता वितरण गर्न थालिएपछि स्थानीय उत्साहित भएका छन् । पछिल्लो समय सेवाग्राहीको संख्यासमेत बढेको छ । दैनिकरुपमा नागरिकता बनाउन आउनेहरु बढ्दै गएका छन् । आर्थिक वर्ष २०७८/७९ मा तीन हजार नौ ७८ जनाले नागरिकता बनाएका छन् ।


