पाल्पा–बुटवल सडक : गाडी सञ्चालनमा मुस्किल
शुक्रबार, भदौ १७, २०७९
बगनासकाली गाउँ सरकारका सय दिन : ५० उपलब्धी सार्वजनिक
शुक्रबार, भदौ १७, २०७९
बगनासकाली गाउँपालिकाले एक सय दिनमा भएका कामहरु तथा उपलब्धी सार्वजनिक गरेको छ । एक सय दिनको समयमा निति कार्यक्रम बजेट निर्माणदेखी ऐन नियम कार्यविधी निर्माण गरी सबै किसिमको काम गर्ने वातावरण निर्माण भएको गाउँपालिकाले जनाएको छ ।
सप्त ऋषिको पूजा गरी ऋषि पञ्चमी मनाइयो
शुक्रबार, भदौ १७, २०७९
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी विहीबार नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझी, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दै ऋषि पञ्चमी मनाएका हुन् ।
फास्ट मोबाइल नेटवर्क अवार्ड एनसेललाई
शुक्रबार, भदौ १७, २०७९
सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड नेपालको एनसेल आजियाटा लिमिटेडले प्राप्त गरेको छ । एनसेलले जनवरी–जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको हो । विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाले एनसेललाई उक्त अवार्ड प्रदान गरेको छ ।
बेथितिको अन्त्य गरौं
शुक्रबार, भदौ १७, २०७९
नेपालका हरेक क्षेत्रमा बेथिति मौलाएको छ । संघीय, प्रदेश, स्थानीय जुनसुकै निकायमा व्यापक बेथिति देखिन्छ । यहाँका हरेक क्षेत्र भ्रष्टाचार र अनियमितताले ग्रस्त छ । तस्करी र दलाली मौलाएको छ । सरकारले विकास र समृद्धिको रटान लगाउँदै गर्दा सबैभन्दा ठूलो चुनौती हरेक क्षेत्रमा व्याप्त भ्रष्टाचार नै रहेको छ । तर,...
सिद्धार्थ राजमार्गको सडक भासियो
बिहीबार, भदौ १६, २०७९
पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोला स्थित सिद्धार्थ राजमार्ग अन्तर्गतको सडक भासिएको छ । विहीबार निरन्तरको वर्षापछि यहाँको ४० मिटर सडकको अधिकांश भाग सडक भासिएको हो ।
‘पुस्तक वितरणमा सबैलाई समान गर्छौं ’
बिहीबार, भदौ १६, २०७९
पुस्तक समयमै उपलब्ध गराउन नसकेर आलोचित बन्दै आएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशीक कार्यालय बुटवलका प्रमुख रामविनय श्रेष्ठले पुस्तक वितरणमा सबैलाई समान गर्ने बताएका छन् । पुस्तक वितरणमा जनक शिक्षाले विभेद गरेको व्यवसायीहरुको गुनासो प्रति लक्षित गर्दै श्रेष्ठले आगामी दिनमा वितरण प्रणालीलाई समान गर्ने बताए ।
पाल्पाबाट दुई बोरा अवैध कपडा बरामद
बिहीबार, भदौ १६, २०७९
पाल्पाबाट अवैध दुई बोरा कपडा बरामद गरिएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ पैठेडाँडामा चेकजाँच गर्ने क्रममा प्रहरी चौकी दोभानले विभिन्न प्रकारको दुई बोरा कपडा बरामद गरेको हो ।
पाल्पामा सांसदका आंकाक्षी धेरै, यी नेता छन् उम्मेदवारको चर्चामा
बिहीबार, भदौ १६, २०७९
सरकारले प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको मिति मंसिर ४ लाई तोकेसँगै दलहरु उम्मेदवार चयन तथा जित–हारको सम्भावित लेखाजोखामा व्यस्त हुन थालेका छन् । प्रदेश र केन्द्रीय राजनीतिमा जिल्लाको पहिचान बनाएको पाल्पामा पनि सम्भावित उम्मेदवारको चर्चासँगै चुनावी जोड–घटाउ सुरु भएको छ ।
यसरी मनाइँदै छ आज ऋषि पञ्चमी
बिहीबार, भदौ १६, २०७९
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्तऋर्षिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।
पाल्पामा आमा सुरक्षा कार्यक्रम पुनः सञ्चालन
बिहीबार, भदौ १६, २०७९
पाल्पामा निःशुल्क रुपमा आमा सुरक्षा कार्यक्रम लागु भएको छ । २ वर्षदेखि बन्द अवस्थामा रहेको आमा सुरक्षा कार्यक्रम यही भदौ १५ गतेदेपख पुनःसञ्चालनमा आएको हो । तानसेन नगरपालिकाको कार्यालय र लुम्बिनी मेडिकल कलेज बिच आमा सुरक्षा कार्यक्रम सम्झौता भएपछि सुत्केरी हुने गर्भवती महिलाहरुलाई राहत मिल्ने भएको हो ।


