रामपुरमा युवा उद्यमीहरुबिच अन्तक्र्रिया
बुधबार, जेठ ३१, २०८०
द्रुत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण
बुधबार, जेठ ३१, २०८०
स्थानीय स्तरमा रहेका द्रुत प्रतिकार्य समिति र टोलीका लागि एक दिने अभिमुखिकरण कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा रामपुर नगरपालिका भित्र रहेको दु्रत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण प्रदान गरिएको हो ।
रामपुरमा भुस्याहा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान
बुधबार, जेठ ३१, २०८०
जिल्लाको रामपुरमा भुस्याहा कुकुरहरुको आतङ्क बढेपछि कुकुरहरुलाई बन्ध्याकरण गर्ने अभियान सञ्चालन गरिएको छ । भुस्याहा कुकुरबाट सर्न सक्ने प्राणघातक रेविज रोग नियन्त्रण तथा कुकुरको बढ्दो संख्या न्यूनिकरणका लागि रामपुरमा भुस्याहा कुकुरहरुको बन्ध्याकरण गर्ने अभियान सञ्चालन गरिएको हो ।
दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित
बुधबार, जेठ ३१, २०८०
दादुराको प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी बिरामी परेका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनामा दादुरा फैलिएको हो ।
यी हुन गीत संगीतमा उदायका गैरे
बुधबार, जेठ ३१, २०८०
लोक संगीत क्षेत्रको चिरपरिचित नाम हो हुम गैरे । पाल्पाको निस्दी गाउँपालिका–५ मा पिता पूर्णबहादुर गैरे र स्वर्गीय माता कल्पना गैरेको सुपुत्रको रुपमा जन्मिएका गैरेलाई अत्यन्त कर्णप्रिय स्वरका रुपमा लोक गीतको क्षेत्रमा सबैले चिन्ने गर्दछन् । उनी गायक तथा सर्जक हुन् ।
कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी
बुधबार, जेठ ३१, २०८०
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह लगायतका क्षेत्रमा सञ्चालन गर्ने गरी ल्याइएका विद्युतीय बस सञ्चालनमा अन्योलता देखिएको छ । बुद्धसँग सम्बन्धित यी क्षेत्रमा पर्यटक आवतजावतलाई सहज बनाउन दातृ निकायको अनुदानमा विद्युतीय सवारी ल्याइएको थियो ।
आज विश्व रक्तदाता दिवस मनाइदैं
बुधबार, जेठ ३१, २०८०
आज विश्व रक्तदाता दिवस मनाइदैं छ । रक्तदान सम्बन्धी विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो ।
तानसेनका उद्योगी तथा व्यवसायीलाई कर सम्बन्धी तालिम
बुधबार, जेठ ३१, २०८०
तानसेनका उद्योगी तथा व्यवसायीहरुका लागि दुई दिने कर सम्बन्धी तालिम सञ्चालन गरिएको छ । उद्योगी व्यवसायीहरुलाई कर शिक्षा र कानुनी व्यवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले तानसेनमा मंगलबारदेखि तालिम सञ्चालन गरिएको हो ।
थाकेको मगरात र हाम्रा मगर नेतृत्व
बुधबार, जेठ ३१, २०८०
आहा ! हाम्रो कति गर्भिलो इतिहास छ, हाम्रो कस्तो शान छ, हाम्रो कति सुन्दर पहिचान छ अनि संसारलाई चिनाउनेफरक संस्कृति र सभ्यता छ । निरंकुश जहानिया राणाशासन विरुद्ध विद्रोहको पहिलो झण्डा उठाउने नेपालको पहिलो शहिद लखन थापा मगर, अंग्रेज फौजलाई धुलो चटाई लखेट्ने कर्नेल उजिर सिंह थापा मगर, पहिलो विश्वा...
पुराना दल र रणनीति
बुधबार, जेठ ३१, २०८०
राजनैतिक चरित्रलाई पारदर्शी र सुपरफाइन बनाउनका लागि अब मुलुकका ठूला दलहरुले नयाँ रणनैतिक योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने हुन्छ । यसका लागि युवापुस्ता र अगुवाहरु बीचको अन्तर सम्बन्धलाई तारतम्य बनाएर अगाडि बढ्नुको कुनै पनि विकल्प छैन । पाकापुस्ताको अनुभव र नयाँ पुस्ताको जोसलाई फ्युजनका रुपमा अगाडि नबढाएसम्म पुराना दलहरु छायामा...
कारण देखाउ आदेश
मंगलबार, जेठ ३०, २०८०
सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ ।
तानसेनलाई चलायमान बनाउन पर्यटन केन्द्रित बजेट ल्याउन पत्रकारहरुको सुझाव
मंगलबार, जेठ ३०, २०८०
तानसेनको भविष्य पर्यटनसँग जोडिएकोले पर्यटकीय पूर्वाधार निर्माणमा नीति, कार्यक्रम बनाई बजेट विनियोजन गर्न पाल्पाली पत्रकारहरुले सुझाव दिएका छन् । तानसेनमा प्रशस्त मात्रामा ऐतिहासिक, धार्मिक, पुरातात्विक, प्राकृतिक सम्पदाहरु रहेकोले ती सम्पदाहरुलाई पूर्वाधारको माध्यमबाट व्यवस्थित गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न तानसेन नगरपालिकाले एक सुत्रिय रुपमा पर्यटन क्षेत्रमा लगानी गर्न पत्रकारहरुले सुझाव...

