Shittalpati
द्रुत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण

पाल्पा, स्थानीय स्तरमा रहेका द्रुत प्रतिकार्य समिति र टोलीका लागि एक दिने अभिमुखिकरण कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा रामपुर नगरपालिका भित्र रहेको दु्रत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण प्रदान गरिएको हो ।

कार्यक्रममा द्रुत प्रतिकार्य समितिका काम कर्तव्य र अधिकार , महामारीको पहिचान , यसको रोकथाम , जोखिम पहिचान , टोली परिचालन हुने , ल्याब टेस्ट , सम्भावित विपद् लगाएतका विषयमा जानकारी गराईएको थियो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जनप्रतिनिधिले काम गर्नका लागि विभिन्न निति नियम बनाई दिने र कर्मचारीले कार्यान्वयन गर्ने भएकाले विपद्को समयमा सावधानिपूर्वक काम गर्नु पर्ने बताए । मानविय स्वस्थ्य सम्बन्धी विपदमा स्वास्थ्यकर्मी नै लाग्नु पर्ने भन्दै महामारी फैलन नदिन समयमतापूर्वक काम गर्न आग्रह गरे । साथै द्रुत प्रतिकार्य समिति र टोलीबिच समन्व्य गरेर नगरमा आई पर्ने स्वास्थ्य सम्बन्धी विपद र महामारीमा गम्भिर भएर काम गर्नु पर्नेमा उनले जोड दिए । थापाले विपद् आउन नदिनका लागि पहिल्यै सजग हुन आवश्यक रहेको उल्लेख गरे ।

प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले स्वास्थ्य सम्बन्धी आईपर्ने विपद् पहिले पुग्ने स्थानीय स्तरको प्रतिकार्य टोली रहेको भन्दै जनताको जिउधनको रक्षाका लागि विशेष ध्यान दिएर जिम्मेवारी निर्वाह गर्नु पर्नेमा जोड दिए । उनले अभिमुखिकरण कार्यक्रममा सिकाईएका कुरा व्यवहारमा उतार्न आग्रह गरे । नगरपालिका भित्रका स्वास्थ्यकर्मी सहित द्रुत प्रतिकार्य समिति र टोलीको सहभागिता रहेको कार्यक्रमको सहजिकरण जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र गिरि , क्षय तथा कुष्ट रोग अधिकृत टिकाराम अधिकारी र ल्याब टेक्निसियन मधुसुदन भट्टराईले गरेका थिए । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र गिरिको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले गरेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update