रामपुरमा निःशुल्क लोक सेवा आयोग तयारी कक्षा
बिहीबार, जेठ ३२, २०८०
रामपुर नगरपालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा
बिहीबार, जेठ ३२, २०८०
पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । पूर्णखोपको मात्रा छुटेका बालबालिकाहरुलाई खोप दिएसंगै नगरपालिकालाई बुधबार पूर्णखोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो ।
रामपुरमा छुवाछुत तथा कुरिति विरुद्धको सचेतनामूलक कार्यक्रम
बिहीबार, जेठ ३२, २०८०
जिल्लाको रामपुरमा छुवाछुत तथा कुरिति विरुद्धको सचेतनामूलक कार्यक्रम भएको छ । रामपुर नगरपालिका वडा ९ जब्गादीमा रामपुर नगरपालिकाको लक्षित वर्ग तर्फको कार्यक्रम अन्तर्गत छुवाछुत र कुरिति सम्बन्धी प्रशिक्षण सहितको सचेतनामूलक कार्यक्रम भएको हो ।
कालीगण्डकी नदीमा नुहाउने क्रममा एक बालिका बेपत्ता
बिहीबार, जेठ ३२, २०८०
कालीगण्डकी नदीमा नुहाउने क्रममा एक बालिका बेपत्ता भएकी छिन् । आज रामपुर नगरपालिका–८ भुजात स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा १४ वर्षिय पार्वती रामजाली डुबी बेपत्ता भएकी हुन् ।
बुधबारदेखि मनसुन भित्रियो
बिहीबार, जेठ ३२, २०८०
नेपालमा यस वर्षको मनसुन बुधबारदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उपभोक्ता ठगी गर्ने कारबाहीमा
बिहीबार, जेठ ३२, २०८०
अब बुटवलमा कुनै व्यवसाय गर्ने व्यवसायीले गुणस्तर कायम नगरे र उपभोक्ताको हितलाई ध्यान नदिए कारबाहीमा पर्ने भएका छन् । कालाबजारी, खाद्य पदार्थमा मिसावट, म्याद नाघेको खाद्य तथा पेय पदार्थको बिक्री वितरण भएको गुनासो निरन्तर बढ्दै गएकाले उपमहानगरले अनुमगन गरी त्यस्ता व्यवसायीलाई कारबाही थालेको छ ।
‘रक्तदान गर्न मानिसहरु अझै हिचकिचाउन्छन्’
बिहीबार, जेठ ३२, २०८०
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले रक्तदान जीवनदान भए पनि चेतना अभावले गर्दा अझै पनि माननिसहरु रक्तदान गर्न हिचकिचाउने गरेको बताएका छन् । रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आयोजना गरेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितालाई तानसेनमा सम्बोधन गर्दै उनले चेतना नहुँदा मानिसहरु अझै पनि रक्तदान गर्न हिचकिचाउने गरेको बताएका हुन् ।
रगत अभावमा कोही मर्न नपरोस्
बिहीबार, जेठ ३२, २०८०
विश्व रक्तदाता दिवस बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि यो...
‘रक्तदान जीवनदान’ वक्तृत्वकलामा प्रथम भईन रामपुरकी घिमिरे
बुधबार, जेठ ३१, २०८०
विश्व रक्तदान दिवशको अवशरमा नेपाल रेडक्रस सोसाईटी पाल्पाले आयोजना गरेको जिल्लास्तरीय रक्तदान जीवनदानमा युवाहरुको भूूमिका वक्तृत्वकला प्रतियोगितामा रामतुल्सी माध्यमिक विधालय रामपुरकी सुरक्षा घिमिरे प्रथम भएकी छन् । यसै गरी न्य होराइनज विधालय तानसेनकी कृशिला ढुंङ्गाना दोस्रो भएकी छन् भने दमकडा नमुना माध्यमिक विधालयकी सपना भण्डारी तेस्रो भएकी छन् । विजयी...
प्रेस युनियन पाल्पाद्वारा प्रकाशित श्रमजीवीको अंक सार्वजनिकीकरण
बुधबार, जेठ ३१, २०८०
प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाद्वारा प्रकाशित श्रमजीवी बुलेटीनको अंक सार्जनिकीकरण गरिएको छ । युनियनले बुुधबार एक औपचारिक कार्यक्रमकाबिच बुलेटीनको वर्ष १०, अंक १ को सार्वजनिकीकरण गरेको हो ।
तानसेन–रानीमहल सडक भोलिदेखि असार १५ सम्म बन्द रहने
बुधबार, जेठ ३१, २०८०
तानसेनदेखि रानीमहलसम्म जोड्ने सडक भोलि बिहीबारदेखि असार १५ गतेसम्म पूर्ण रुपमा बन्द हुने भएको छ । तानसेन–रानीमहल सडक खण्डको अवलमा बाटो ढलान गर्ने काम चलिरहेकाले असार १५ सम्मका लागि सडक बन्द हुने भएको हो ।
पाल्पाबाटै सवारी लाइसेन्स परीक्षा आवेदन
बुधबार, जेठ ३१, २०८०
पाल्पामै पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाको लागि आवेदन खुला गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेठ ३० गतेदेखि अनलाइन प्राणालीमार्फत मोटरसाइकल र स्कुटीको लाइसेन्सको लागि आवेदन खुला गरेको जनाएको छ ।

