Shittalpati
‘रक्तदान गर्न मानिसहरु अझै हिचकिचाउन्छन्’

पाल्पा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले रक्तदान जीवनदान भए पनि चेतना अभावले गर्दा अझै पनि माननिसहरु रक्तदान गर्न हिचकिचाउने गरेको बताएका छन् ।  रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आयोजना गरेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितालाई तानसेनमा सम्बोधन गर्दै उनले चेतना नहुँदा मानिसहरु अझै पनि रक्तदान गर्न हिचकिचाउने गरेको बताएका हुन् ।

‘रक्तदान गर्न मानिसहरू अझै पनि हिचकिचाउने अवस्था छ,’ उनले भने, ‘सचेतनामूलक कार्यक्रम गर्दा रक्तदान गर्नुपर्छ भन्ने भावना जागृत हुन्छ त्यसैले सचेतनामूूलक कार्यक्रम गर्न जरुरी छ ।’ रक्तदान जीवनदान भएकाले यस विषयमा विद्यालय र गाउँ–गाउँकामा पुुगेर सचेतना गर्नुपर्नेमा उनले जोड दिए । पूर्वप्रधानन्यायाधीशसमेत रहेका रेग्मीले रक्तदानमा मानिसहरुलाई सहभागी गराउन विद्यार्थीमार्फत जनचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिताले मत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले वर्तमान शिक्षा प्रणाली समेत नेपाल सुहाउँदो नभएको बताए । उनले शिक्षा प्राणालीललाई सुधार गर्न स्थानीय, प्रदेश र संघीय सरकारले विशेष ध्यान दिनुपर्ने बताए । प्रदेश सभासदस्य खेमबहादुर सारुले रेडक्रसले शुरु गरेको रक्तदान अभियानले सबैपक्षबाट साथ सहयोग पाउने बताए । विद्यार्थीमार्फत रक्तदान अभियान जिल्लाको कुना–कुनामा पुग्ने प्रदेश सभासद सारुले बताए । कार्यक्रममा तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, रेडक्रस पाल्पाका निवर्तमान सभापति बुद्धि प्रसाद शर्मा, पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, पाल्पाली संगम अमेरीका पाल्पाका संयोजक दिनेश घिमिरे लगायतले रेडक्रसले शुरु गरेको रक्तदान अभियान सफल बनाउन सहयोग गर्ने बताए ।

विश्व रक्तदान दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले पाल्पाली संगम अमेरिका र ब्लड डोनर्स अफ अमेरिकाको सहयोगमा जिल्लास्तरीय ‘रक्तदान जीवनदानमा युवाहरुको भूूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा आयोजना गरेको हो । जसमा रामतुल्सी माध्यमिक विद्यालय रामपुरकी सुरक्षा घिमिरे प्रथम भएकी छन् । न्यू होराइनज विद्यालय तानसेनकी कृशिला ढुं·ाना दोस्रो भएकी छन् भने दमकडा नमुना माध्यमिक विद्यालयकी सपना भण्डारी तेस्रो भएकी छन् । प्रतियोगितामा प्रथम भएकी रामतुल्सी माविकी  घिमिरेले नगद ५० हजार, दोस्रो भएकी न्यू होराइजन स्कुलकी ढुंङ्गानाले नगद ३० हजार, र तेस्रो भएकी दमकडा नमुना विद्यालयकी भण्डारीले नगद २० हजार पुरस्कार पाएकी छन् । विजेताहरुलाई मन्त्रीपरिषदका पुर्व अध्यक्ष खिलराज रेग्मी, प्रदेश सदस्य खेम बहादुर सारु, रेडक्रस पाल्पाका सभापति बाबुराम कार्कीले पुरस्कार वितरण गरे । प्रतियोगितामा जिल्लाका १० वटै पालिका बाट १९ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । पालिका भित्रका विद्यालय विद्यालयबिच प्रतिष्पर्धा बाट उत्कृष्ट भएका विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागी गराइएको थियो ।  प्रतियोगितामा टंक पन्तको संयोजकत्वमा गणेश ज्ञवाली र शिखा पहाडीले निर्णयको भूूमिका निर्वाह गरेका थिए । रेडक्रस पाल्पाका सभापति बाबुराम कार्कीको सभापतित्व, उपसभापति भिमसेन कार्कीको स्वागत र मन्त्री केशवराज नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update