Shittalpati
यसरी सोचौं देशलाई आत्मनिर्भर बनाउन
यसरी सोचौं देशलाई आत्मनिर्भर बनाउन अथाहा स्रोत साधन प्रयोगमा बेखवर हुँदै आर्थिक समृद्धि र विकासको सपना बाडेको दशकोअवधिहरु बेथित हुँदै गएको छ । आर्थिक रुपमा देश बलियो हुनुको सट्टा कमजोर बनाउने वैदेशिक ऋण अनुदानको अंश दिनप्रति दिन बढ्दै गएको छ । राजनीतिक अस्थिरता र पटक–पटकका व्यवस्था परिवर्तन र सरकार परिवर्तनका श्रृखलाहरुले देश बाÞयरुपमा पनि कमजोर...
नर्सहरूको संघर्ष कहिलेसम्म ?
नर्सहरूको संघर्ष कहिलेसम्म ? काम नै ठप्प पारेर नर्सहरु आन्दोलनमा उत्रिएका छन् । नर्सहरुको यो आन्दोलन एकाएक उत्पन्न घटना हैन । वर्षौंदेखि निजी अस्पतालहरूमा कार्यरत नर्सहरू न्यून तलब, अतिरिक्त कामको भुक्तानी नपाउने र पेसागत सम्मान नपाउने समस्याबाट गुज्रिदै आएका छन् ।
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–१ को भराहा खोला नजिकै मोटरसाइकल दुर्घटना हुँदा रेसुङ्खा नगरपालिका –२ बाख्रेछेडाका सरोज बस्नेतको मृत्यु भएको हो ।
बेमौसमी वर्षाले धानमा क्षति, किसान चिन्तित
बेमौसमी वर्षाले धानमा क्षति, किसान चिन्तित सम्मरीमाई गाउँपालिका–६ स्थित अवधपुरका  किसान सङ्ग्राम केवट धान भित्र्याउने र नयाँ बाली रोप्ने बेलामा भएको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याएपछि चिन्तित भएका छन्  ।
हरिबोधिनी एकादशीमा रेसुङ्गामा पूजा गर्नेको घुइँचो
हरिबोधिनी एकादशीमा रेसुङ्गामा पूजा गर्नेको घुइँचो हरिबोधिनी एकादशीको अवसरमा गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा विशेष मेला एवं पूजा गर्ने भिड लागेको छ  । हरिबोधिनी एकादशीको दिन धार्मिक स्थल रेसुङ्गामा ठुलो मेला लाग्नुका साथै स्नान र पुजाआजा गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन...
तानसेन –६ मा जेष्ठ नागरिक संघ गठन
तानसेन –६ मा जेष्ठ नागरिक संघ गठन जिल्लाको तानसेन नगरपालिका – ६ मा जेष्ठ नागरिक संघ गठन भएको छ । संघको प्रथम भेलाले वडामा संघ गठन गरेको हो ।
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिदैं
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिदैं आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह दामोदरसँग विवाह गरेर विशेष पूजा गरी मनाइने गरिन्छ ।
केही सुसेली
केही सुसेली चढयौ डोलीमा क्या राम्री देखें मैले रातो चोलीमा । १ फुर्के डोरीमा क्या माया बसेको छ सुर्के झोलीमा । २
तुलसी र हरिशयनी एकादशी
तुलसी र हरिशयनी एकादशी तुलसी सबैभन्दा बढी अक्सिजन फ्याँक्ने वनस्पति हो । तुलसीमा एन्टी अक्सिडेन्ट भएकाले घर आँगनमा रोपेको तुलसीले घरवरिपरि वातावरण स्वच्छ रहने र हावामा भएका आँखाले देख्न नसकिने कीटाणुसमेत नष्ट गर्न मद्दत गदर्छ । तुलसीलाई हिन्दू परम्परामा विष्णु भगवानको प्रतिक मानिन्छ ।
ऋणको आकार बढ्दै, असोजसम्म ५० अर्ब ६० करोड थपियो
ऋणको आकार बढ्दै, असोजसम्म ५० अर्ब ६० करोड थपियो , सार्वजनिक ऋणको आकार बढ्दै गएको छ । सरकारले राजस्व लक्ष्य अनुसार उठाउन नसक्दा ऋणको आकार बढ्दै गएको हो । असोजसम्म भुक्तानी गरेको साँवा घटाउँदा कुल ऋण ५० अर्ब ६० करोड रुपैयाँ थपिएको छ ।
आइतबार तानसेनमा सार्वजनिक बिदा
आइतबार तानसेनमा सार्वजनिक बिदा तानसेन नगरपालिकाले कात्तिक १६ गते आइतबार सार्वजनिक बिदा दिएको छ । तानसेन–१४ रुरुक्षेत्र (रीडी) स्थित ऋषिकेश मन्दिरमा  कार्तिक शुक्ल द्धादशीका दिन सिन्दुर रथजात्रा ( रथयात्रा) मनाइने भएकाले असोज २६ गते बसेको नगरपालिकाको बैंठकले सो दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
Weather Update