डेंगुबाट बच्न उच्च सतर्कता जरुरी
आइतबार, जेठ ११, २०८२

गाउँ र सहर जोड्न ‘गाउँ पर्यटन मार्ट’
शनिबार, जेठ १०, २०८२
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च ९भिटोफ० गण्डकी प्रदेशको सहआयोजनामा शुक्रबारदेखि पोखरामा गाउँ पर्यटन मार्ट सुरु भएको छ ।

गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर
शनिबार, जेठ १०, २०८२
यहाँको बरेङगाउँपालिका–३ बाटाकाचौरकी ८२ वर्षीया भागीरथी लुहारले बिहीबार गाउँमै विशेषज्ञ चिकित्सक भेटे । पेट दुख्ने समस्या लिएर स्वास्थ्य चौकी पुगेकी उनलाई चिकित्सकले आवश्यक जाँचपछि औषधि दिए । परिवारको सहारामा स्वास्थ्य चौकी पुग्नुभएकी लुहार खुशी भएर घर फर्किईन ।

बुटवलमा सञ्चालित डिजिटल पत्रकारिता तालिम सकियो
शनिबार, जेठ १०, २०८२
बुटवलमा सञ्चालित डिजिटल पत्रकारिता तालिम शुक्रबार सकिएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना र प्रदेश सरकारको सहयोगमा सञ्चालित दुई दिने डिजिटल पत्रकारिता तालिम सकिएको हो ।

डेंगी संक्रमणको जोखिम बढ्ने खतरा
शनिबार, जेठ १०, २०८२
अबको केही समय डेंगी संक्रमणको जोखिम बढ्ने खतरा रहेको बताइएको छ । यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेंगी संक्रमण बढ्ने प्रक्षेपण गरिएको हो ।

सिद्धिचरणको योगदान अनुसरण गरौं
शनिबार, जेठ १०, २०८२
सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा विशेषतः खण्डकाव्यकारका रूपमा चिनिन्छन् । उनको जन्म ९ जेठ १९६९ को शुक्ल पञ्चमीका दिन ओखलढुंगामा भएको थियो । श्रेष्ठलाई आदरपूर्वक युगकवि भनिन्छ ।

तिनाउ खोलामा बेपत्ता भारतीय नागरिक मृत भेटिए
शुक्रबार, जेठ ९, २०८२
जिल्लाको तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला परेका छन् । विहीबार दिउँसो जिल्लाको तिनाउ गाउँपालिका –३ तिनाउखोला ड्यामसाईडमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतको महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी आज मृत अवस्थामा फेला परेका हुन् ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
शुक्रबार, जेठ ९, २०८२
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही, रौतहटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।

स्थानीय आफैँले बनाउन थाले खोलामा पुल
शुक्रबार, जेठ ९, २०८२
दाङ–रोल्पा सडकखण्डअन्तर्गत विजौरी–होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन । पुल नहुँदा बर्खामा आवतजावत नै ठप्प हुन्छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको व्यापारिक थलो भनेकै दाङको विजौरी हो ।
गाउँ–गाउँमा आयुर्वेद तथा योग शिक्षा
शुक्रबार, जेठ ९, २०८२
गाउँ–गाउँमा जनजीवन स्वस्थ्य, खानपानमा सुधार गर्न, मानिसलाई निरोगी बनाउन, भएका रोगीहरुलाई निको बनाउन रिब्दीकोट गाउँपालिकाले विद्यालय आयुर्वेद तथा योग शिक्षा सम्बन्धी अभियान शुरु गरेको छ । पालुङ्गमैनादी आयुर्वेद औषधालयलमार्फत दुई वटा विद्यालयका शिक्षकहरुलाई आयुर्वेद तथा योग शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु गरिएको हो ।