सहकारीद्वारा मकैको पीठो बजारीकरण
मंगलबार, कात्तिक १८, २०८२
धर्मशालाबाट आन्तरिक राजस्व कार्यालयको सेवा पुनः थालनी
मंगलबार, कात्तिक १८, २०८२
आन्तरिक राजस्व कार्यालय तुलसीपुरले त्रिसिद्धेश्वरी मन्दिर तुलसीपुरको धर्मशालाबाट आफ्नो सेवा पुनः सुरुआत गरेको छ ।
किसानको पीडा सुन
मंगलबार, कात्तिक १८, २०८२
असार–साउनमा मनसुन कमजोर हुँदा रोपाइँ जेनतेन सम्पन्न गरेका किसान यति बेला धान भित्र्याउने समयमा आएको बेमौसमी वर्षाले पीडामा छन् । खेतमै ढलेको, पानीमा डुबेको, कुहिएर नष्ट हुँदै गएको धान हेर्दा किसानको वर्षभरको पसिना, समय, लगानी र आशा सबै पानीमा बगिरहेको अनुभूति हुन्छ । सुनजस्ता धानका पहेँलपुर बाला खेतमै डुब्दा किसान...
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
सोमबार, कात्तिक १७, २०८२
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८९ को विन्दुमा कायम भएको हो ।
निकालियो हृषिकेशको रथयात्रा
सोमबार, कात्तिक १७, २०८२
गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा भगवान ह्षिकेशको रथयात्रा निकालिएको छ । तानसेन–१४ रुरुक्षेत्र (रीडी) स्थित ऋषिकेश मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल पक्ष हरिवोधनी एकादशीको अर्काे दिन द्धादशीको दिन निकालिने हृषिकेश रथयात्रा यस वर्ष शनिबार निकालिएको हो ।
काठमाडौंबाट भागेका कैदीबन्दी पाल्पामा पक्राउ
सोमबार, कात्तिक १७, २०८२
जेन—जी आन्दोलनका क्रममा काठमाडौँस्थित जगन्नाथदेवल कारागारबाट फरार भएका पूर्वखोला गाउँपालिका–३, का ३५ वर्षीय रुद्रप्रसाद न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।
बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट
सोमबार, कात्तिक १७, २०८२
यही कात्तिक १०, ११ र १२ गते परेको बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट भएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार हाल जिल्लामा उत्पादन हुनेमध्ये ११ प्रतिशत काटिसकेको धान पानीमा भिजेको छ ।
आम्दा अस्पताल : दश वर्षमा करिब नौ लाख बढीलाई स्वास्थ्य सेवा
सोमबार, कात्तिक १७, २०८२
बुटवलमा सञ्चालित सिद्धार्थ बाल तथा महिला ९आम्दा० अस्पतालले एक दशकमा झण्डै नौ लाख बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले १० वर्षको अवधिमा बहिरङ्ग सेवा ९ओपिडी०, आकस्मिक सेवा तर्फ, अस्पतालमा भर्ना९इन्डोर० तर्फ र प्रसूति सेवा लिने गरी नौ लाख २६ हजार ४६२ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।
कम्युनिष्ट एकताको चर्चा
सोमबार, कात्तिक १७, २०८२
पछिल्ला केही दिन यता कम्युनिष्ट पार्टी एकताको कुराले चर्चा पाएको छ । विशेषगरी दुई प्रमुख घटक–माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) बीचको एकताको सम्भावना अन्तिम चरणमा पुगेको छ । तर राजनीतिक, ऐतिहासिक र वैचारिक कारणले यो प्रक्रिया सहज छैन ।
पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’
आइतबार, कात्तिक १६, २०८२
पछिल्लो समय देवचुली नगरपालिका–६ स्थित ‘देवचुलीडाँडा’ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पदयात्रा गर्न रुचि हुनेहरूको आगमन बढ्नुका साथै देचवुलीडाँडा जिल्लाकै प्रमुख पदयात्राको गन्तव्यसमेत बन्दै गएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको सबैभन्दा अग्लोडाँडाका रूपमा समुद्र सतहदेखि करिब एक हजार ९ सय ३६ मिटर उचाइमा पर्दछ ।
कार्तिक १९ गते तिनाउमा सार्वजनिक बिदा
आइतबार, कात्तिक १६, २०८२
जिल्लाको तिनाउ गाउँपालिकाले कात्तिक १९ गते बुधबार सार्वजनिक बिदा दिएको छ । असोज १३ गते बसेको गाउँ कार्यपालिकाको बैंठकले सत्यवती मेलाको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।


