Shittalpati
घट्यो सुनचाँदीको मूल्य

पाल्पा,सुनको भाउ ओरालो लागेको छ । दुई कारोबार दिनमै सुन प्रतितोला ८ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका  लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यस दिन ४ हजार ५ सयले सुनको भाउ घटेको हो । अघिल्लो दिन पनि ४ हजार रुपैयाँले मूल्य घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बिहीबार ३ लाख २ हजार ५ सयमा सुनको कारोबार भएको थियो । शुक्रबार र आइतबार गरी सुनको भाउ तोलामा ८ हजार ५ सय रुपैयाँ घटेको हो ।चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ३ सय ९० मा सुनको कारोबार भएकोमा यस दिन ५ हजार ६० मा झरेको छ । बिहीबार ५ हजार ७ सय ४५ मा चाँदीको कारोबार भएको थियो ।अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो दिन अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५ सय ४० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update