Shittalpati
धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम
धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकामा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन भएको छ । नसर्ने रोग पहिचान र उनीका उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले कार्यक्रम सञ्चालन गरेको हो । 
तोलामा दुई हजारले बढ्यो सुन
तोलामा दुई हजारले बढ्यो सुन अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा आज प्रतितोला सुनमा रू दुई हजारले वृद्धि भएको छ । मङ्गलबार एकतोला सुन रू एक लाख ५२ हजार २००मा कारोबार भएको थियो । 
बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प
बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।
रामपुरमा उपप्रमुखसँग ‘किशोरी तथा बालिका शिक्षा’ कार्यक्रम
रामपुरमा उपप्रमुखसँग ‘किशोरी तथा बालिका शिक्षा’ कार्यक्रम जिल्लाको रामपुरमा उपप्रमुखसँग किशोरी तथा बालिका शिक्षा कार्यक्रम भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनका अवसरमा उपप्रमुखसंग किशोरी तथा बालिका शिक्षा कार्यक्रम अन्तर्गत लैगिंक हिंसा सम्बन्धी वक्तृत्वकला प्रस्तुतिकरण तथा अभिमूखिकरण कार्यक्रम भएको हो ।
लोकतान्त्रिक खेलकुद संघ पाल्पाको अध्यक्षमा महर्जन नियुक्त
लोकतान्त्रिक खेलकुद संघ पाल्पाको अध्यक्षमा महर्जन नियुक्त नेपाल लोकतान्त्रिक खेलकुद संघ पाल्पाको अध्यक्षमा रूपेश महर्जन नियुक्त भएका छन् । उनलाई मंगलबार लोकतान्त्रिक खेलदकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनले खेलकुद संघको विधान २०७९ को भाग ६ को २४ बमोजिम पाल्पा जिल्लाको अध्यक्षको रुपमा नियुक्त गरेका हुन् ।
‘मानव अधिकार’ अवस्था खस्कँदो
‘मानव अधिकार’ अवस्था खस्कँदो आर्थिक, सामाजिक, राजनीतिक सम्बद्ध घटनालाई कानुनी दायरामा ल्याउन आवश्यक उजुरी प्रहरी प्रशासनले नलिने, कारवाहीमा आलटाल गरी मेलमिलापका लागि दवाब दिने प्रवृत्ति बढेको पाइएको छ । स्थानीय तह क्रियाशील भएको अवस्थामा पनि संक्रमणकालीन अवस्था विद्यमान रहेकाले अधिकारबाट वञ्चित रहनुपर्ने अवस्था छ ।
‘जलवायु परिवर्तनका कारण मानव जीवन नै संकटमा’
‘जलवायु परिवर्तनका कारण मानव जीवन नै संकटमा’ जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले जलवायु परिवर्तनका कारण मानव जीवन नै संकटमा रहेको बताएका छन् । गैरसरकारी संस्था महासंघ पाल्पाको आयोजनामा भएको जलवायु उत्थानशिल कार्य सुदृढीकरणको लागि सचेतनामूलक अभिमूखिकरण कार्यक्रमलाई रामपुरमा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण मानव जीवन संकटमा रहेको बताएका हुन् ।
अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै
अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै अन्तराष्ट्रिय पर्वत दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आवानमा हरेक वर्ष डिसेम्वर ११ अर्थात आजकै दिनमा यो दिवस मनाइँंदै आइएको छ ।
अन्तराष्ट्रिय पर्वत दिवसको सन्दर्भ
अन्तराष्ट्रिय पर्वत दिवसको सन्दर्भ अन्तराष्ट्रिय पर्वत दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आह्वानमा हरेक वर्ष डिसेम्वर ११ अर्थात आजकै दिनमा यो दिवस मनाइँंदै आइएको छ । जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनीकरणप्रति जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । हरेक वर्ष...
परम्परागत तिल्की धान बिक्रीबाट मनग्य आम्दानी
परम्परागत तिल्की धान बिक्रीबाट मनग्य आम्दानी दाङका मुक्त कमलरी कृषि सहकारीका माध्यमबाट आम्दानी गर्दैछन् । तुलसीपुर उपमहानगरपालिका–१८  बिजौरीमा रहेको श्री गन्यारी कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध मुक्त कमलरी समूहिक खेती गरेर आम्दानी गर्न थालेका छन् ।  
नारायणगढ–बुटवल सडकः म्याद थपिएको चार महिनापछि विस्तारको काम सुरु
नारायणगढ–बुटवल सडकः म्याद थपिएको चार महिनापछि विस्तारको काम सुरु राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । विसं २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिएको थियो । 
Weather Update