सुनचाँदीको मूल्य घट्यो
आइतबार, मंसिर ३०, २०८१

आज उधौली पर्व र योमरी पुन्ही, देशभर सार्वजनिक विदा
आइतबार, मंसिर ३०, २०८१
आज उधौली पर्व र योमरी पुन्ही विभिन्न समुदायले फरक–फरक ढंगले मनाउँदै छन् । विशेष गरी किरात समुदायको बाहुल्यता रहेका जिल्लाहरूमा उल्लासमय तरिकाले उधौली पर्व मनाइँदैछ । किरात समुदायअन्तर्गतका लिम्बू जातिले यो पर्वलाई चासोक तङ्नाम अर्थात न्वागी पर्वका रूपमा मनाउने चलन छ ।

पाल्पाको खेलकुदमा इतिहास बनाउने अवसर
आइतबार, मंसिर ३०, २०८१
२०४५/०४६ सालसम्म पाल्पामा खेलको रौनक, आकर्षण र प्रतिष्पर्धात्मक जिल्लास्तरिय वा राष्ट्रियस्तरका प्रतियोगिताको चहलपहल व्यापक थियो । फुटबल, भलिबल लगायत खेल विधामा पाल्पाका राष्ट्रिय खेलाडीहरु समेत प्रशस्तै थिए । नेपालमा राजनीतिक परिवर्तन भएपछि मुलुकमा सबै क्षेत्रमा गतिशिलता आउँछ भन्ने कल्पना पाल्पाले पनि गरेको थियो । परिवर्तन पश्चात भने पाल्पाको खेलकुद क्षेत्र...

सामाजिक सद्भावको पर्व उधौली
आइतबार, मंसिर ३०, २०८१
नेपालमा मनाइँने हरेक चाडपर्वको आफ्नै महत्व र सन्देश रहेको छ । उधौली पनि एक नेपाली पर्व हो । नेपाल संवत् अनुसार हरेक मंसिर शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइने गरिन्छ । यस वर्षको पर्व आज परेको छ । विशेषगरी किराँत समुदायले उधौली पर्व धुमधामसँग मनाउँछन् ।

साहित्य प्रतिष्ठानको वार्षिक दिवस : विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पुरस्कृत र सम्मान
शनिबार, मंसिर २९, २०८१
शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालले १९ औं वार्षिक दिवस मनाएको छ । उसले विभिन्न कार्यक्रमहरु गरी वार्षिक दिवस मनाएको हो ।

रानीमहल सहकारीले मनायो १६ औँ साधारण
शनिबार, मंसिर २९, २०८१
रानीमहल बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेनले १६ औँ वार्षिक साधारण शनिबार मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी सभा गरेको हो ।

काँग्रेस ‘१०० दिने अभियान’ : रामपुरमा अन्तक्र्रिया
शनिबार, मंसिर २९, २०८१
नेपाली काँग्रेस पाल्पाले ‘१०० दिने विशेष अभियान’ लाई तिव्रता दिएको छ । काँग्रेसले जिल्लाका पालिका र वडा वडामा पुुगेर छलफल, अन्तक्र्रिया गर्दै आएको छ । उसले सोही अभियान अन्तर्गत जिल्लाको रामपुरमा अन्तक्र्रिया तथा छलफल कार्यक्रम गरेको छ । काँग्रेसले निर्वाचित जनप्रतिनिधि, उम्मेद्वार, पार्टीका नेता तथा कार्यकर्ताहरुसँग अन्तक्र्रिया गरेको हो ।

पत्रकार महासंघ पाल्पा निर्वाचन : प्रेस युनियन र चौतारीको संयुक्त प्यानल विजयी
शनिबार, मंसिर २९, २०८१
पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ पाल्पा शाखामा भएको निर्वाचनमा नेपाल प्रेस युुनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानल नै विजयी भएको छ । महासंघ पाल्पाको १२ औं अधिवेशबाट प्रेस चौतारीका कमलराज तिमिल्सेनाको नेतृत्वमा संयुक्त प्यानल नै विजयी भएको हो ।

जिप दुर्घटनामा तीनजनाको मृत्यु
शनिबार, मंसिर २९, २०८१
पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु२च २४८० नम्बरको बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रविधिसँग जोडिन थाले दुग्ध उत्पादन किसान
शनिबार, मंसिर २९, २०८१
परम्परागत रूपमा पशुपालन गरी दुग्ध उत्पादन गर्दै आएका बागलुङका किसान आधुनिक प्रविधिसँग जोडिन थालेका छन् । जिल्लाको काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका एक हजार छ सय जना किसान प्रविधिको प्रयोग गरी दुग्ध उत्पादनमा लागेका हुन् ।