नवजनचेतना राष्ट्रिय दैनिक २०७७ पुस ४ गते शनिबार
शनिबार, पुस ४, २०७७
माथागढीमा रहवास र बहादुरपुर जोड्ने पक्की पुलको शिलान्यास
शुक्रबार, पुस ३, २०७७
जिल्लाको माथागढी गाउँपालिका ७ रहवास र ८ बहादुरपुरको सीमानामा पर्ने अरूण खोलाको ताकातुङ्गमा पक्की पुल निमार्ण हुने भएको छ । पक्की पुलको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले एक कार्यक्रमका बिच शिलान्यास गरेका छन् ।
पर्यटकीय गन्तव्यहरुको खोजी गर्दै रिब्दीकोट गाउँपालिका
शुक्रबार, पुस ३, २०७७
जिल्लाको रिव्दीकोट गाउँपालिकाले ८ वटै वडाहरुका पर्यटकिय गन्तव्यहरुको खोजी गरेको छ । ऐतिहासिक, पुरातात्विक, खेलकुद तथा कृषि कला संस्कृति लगायतका विविध विषयवस्तुमा आधारित रहेर गाउँपालिकाले पर्यटकिय गन्तव्यहरुको खोजी गरेको हो ।
बगनासकालीमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण
शुक्रबार, पुस ३, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको छ । चालु शैक्षिक सत्रदेखि नै लागू गर्ने गरी गाउँपालिकाले पहिलो चरणमा कक्षा १ का लागि स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको हो ।
नेपाली काँग्रेस पाल्पाको कार्यालयमा अज्ञात समूहद्वारा तोडफोड
शुक्रबार, पुस ३, २०७७
नेपाली काँग्रेस पाल्पाको पार्टी कार्यालयमा अज्ञात समूहद्वारा तोडफोड भएको छ । विहीबार राती तानसेन नगरपालिका ४ सिल्खानटोलमा रहेको पार्टी कार्यालयको मूलगेटको ताला फोरेर चोरीको प्रयास गरिएको हो ।
गुल्मीमा विवादका कारण डेढ वर्षदेखि रोकिएको सुरक्षित आप्रवासन परियोजना सञ्चालनमा आउने
शुक्रबार, पुस ३, २०७७
गुल्मीमा विवादका कारण विगत डेढ वर्ष देखि सञ्चालन हुन नसकेको सुरक्षित आप्रवासन (सामी) परियोजना अब सञ्चालन हुने भएको छ । यस अघि नेपाली काँग्रेस गुल्मीको विरोधका कारण सञ्चालन हुन नसकेको परियोजनाको विवाद समाधान भएसँगै सञ्चालन हुने भएको हो ।
मालपोत कार्यालयमा तोडफोड
शुक्रबार, पुस ३, २०७७
मालपोत कार्यालय पर्वतमा एक सेवाग्राहीले तोडफोड गरेका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका–३ साविक माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्रीले कार्यालयभित्र प्रवेश गरी विभिन्न सामग्री तोडफोड गर्नुका साथै कागजात च्यातेका छन् । कार्यालयका विभिन्न कक्षमा प्रवेश गरी तोडफोड गरेको खबरपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ ।
कालीगण्डकी किनारमा महिलाको शव फेला
शुक्रबार, पुस ३, २०७७
कालीगण्डकी नदीको किनारमा आज बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
तानसेनले माग्यो प्रदेशसँग ३ सय ७५ खानेपानीका योजना
शुक्रबार, पुस ३, २०७७
तानसेन नगरपालिकाले वास (खानेपानी सरसफाई तथा स्वच्छता) कार्यक्रमको प्रतिवेदन प्रमाणिकरण गरेको छ । गणक तथा प्रतिनिधीहरु घर–घरमा पुगी खानेपानी, शौचालय र धारा भए नभएको घर संख्याको विवरण संकलन गरी तयार गरेको प्रतिवेदन नगर सरकारले प्रमाणित गरेको हो ।
आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदै
शुक्रबार, पुस ३, २०७७
अन्तर्राष्ट्रिय आप्रवासन दिवस शुक्रबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्षको १८ डिसेम्बरमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने गरिएको हो ।
एनसेलले ल्यायो ‘एनसेल जबसप’
शुक्रबार, पुस ३, २०७७
एनसेलले रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म ‘एनसेल जबसप’ योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ योजना ल्याएको हो ।
आप्रवासी दिवसको सार्थकता
शुक्रबार, पुस ३, २०७७
नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो ।


