पाल्पाका थप २० जनाले कोरोना जिते, ६ जनामा संक्रमण देखियो
बिहीबार, पुस २, २०७७
पाल्पामा तीन पक्की पुलको शिलान्यास
बिहीबार, पुस २, २०७७
जिल्लामा तीन वटा पक्की पुलको शिलान्यास गरिएको छ । निस्दी गाउँपालिका, तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा तीन वटा पक्की पुलको शिलान्यास गरिएको हो । निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिका जोड्ने निस्दी खोला रेचेघाटमा पक्की पुलको शिलान्यास गरिएको छ ।
नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान शुरु
बिहीबार, पुस २, २०७७
कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान आजदेखि पुनः शुरु भएको छ । करिब नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान पुनःसञ्चालनमा आएको हो ।
जनतालाई स्थानीय सरकार भएको महसुस गराउँदै गुल्मीदरबार
बिहीबार, पुस २, २०७७
जिल्लाको गुल्मीदरबार गाउँपालिकाले जनतालाई स्थानीय सरकार भएको महसुस गराउँन लागेको छ । गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ता समितिमार्फत सञ्चालन हुने आयोजनाहरुलाई वडास्तरमा गई योजना सम्झौता र कार्यादेश दिने कार्यको सुरुवात गरेर जनतालाई स्थानीय सरकार भएको महसुस गराउँन लागेको हो ।
गुल्मीमा राष्ट्रिय परिचयपत्रका लागि ४३ हजार बढीले विवरण दर्ता गराए
बिहीबार, पुस २, २०७७
गुल्मीका स्थानीय तहरुमा ४३ हजार २ सय ९४ जना नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् । जिल्लाका ४ स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन कार्य सकिदाँ ४३ हजार २ सय ९४ जनाले विवरण दर्ता गराएका हुन् ।
नागरिकसँगको सम्बन्ध प्रगाढ बनाउँदै सेना
बिहीबार, पुस २, २०७७
कुनै समय थियो नेपाली सेना भन्ने बित्तिकै नागरिक डराउँथे, खासगरी जनयुद्व र जनआन्दोलनताका नेपाली सेनाको रुखो व्यवहारले नागरिक खुशी थिएनन् । सेनाको व्यवहार पनि जनमैत्री थिएन ।
सिद्धार्थ बैंकले कर्जा अब ‘स्कोरकार्ड मोडल’मा प्रदान गर्ने
बिहीबार, पुस २, २०७७
सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै अब कर्जा ‘स्कोरकार्ड मोडल’ मा प्रदान गर्ने भएको छ । बैंकले लघु, साना तथा मझौला कर्जा अब ‘स्कोरकार्ड मोडल’मा प्रदान गर्ने भएको हो ।
उखु किसानको समस्या सम्बोधन गर
बिहीबार, पुस २, २०७७
हरेक वर्ष उखु किसान मर्कामा परेका छन् । नगदे बालीका रूपमा रहेको उखु उधारोमा विक्री गर्दै आएका किसानले वषौंसम्म चिनी मिलबाट वक्यौता रकम नपाउँदा मर्कामा परेका छन् ।
कर्मचारीमा कोरोना देखिएपछि पूर्वखोलामा जल्पा स्वास्थ्यचौकीको सेवा बन्द
बुधबार, पुस १, २०७७
जिल्लाको पूर्वखोला गाउँपालिका २, जल्पा स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीको सेवा पूर्ण रूपमा बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत ६ जना कर्मचारीमा कन्ट्रयाक ट्रेसिङ गरी स्वाव परीक्षण गर्दा कोरोना देखिएपछि स्वास्थ्यचौकीको सेवा बन्द गरिएको हो ।
नेपालमा थप ८ सय ४७ संक्रमित डिस्चार्ज
बुधबार, पुस १, २०७७
पछिल्लो २४ घण्टामा थप ८ सय ४७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त विवरण अनुसार देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरबाट ८ सय ४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।
पाल्पामा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, पुस १, २०७७
पाल्पामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई बुधबार प्राप्त विवरण अनुसार ४ जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
कारागारमा कैदीको मृत्यु
बुधबार, पुस १, २०७७
कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । मंगलबार बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् ।


