Shittalpati
कारागारमा कैदीको मृत्यु

चितवन । कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । मंगलबार बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या भई उपचारका क्रममा क्षयरोगको संक्रण पुष्टि भएका उनको भरतपुर अस्पतालमा मृत्यु भएको हो । लागुऔषध मुद्दामा विसं २०७६ साउन १८ गते दुई वर्ष कैद र १ लाख जरिवाना तोकिएका उनलाई नवलपुर जिल्ला अदालतबाट सजायका लागि यहाँ पठाइएको थियो ।

शुरुमा श्वासप्रश्वासमा समस्या देखिएको भए पनि सिटिस्क्यानबाट उनलाई क्षयरोग पुष्टि भएको थियो । उनको उपचारका क्रममा आज बिहान ८ः४७ बजे मृत्यु भएको हो । -रासस

प्रकाशित मिति: बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update