Shittalpati
एनसेलले ल्यायो ‘एनसेल जबसप’

काठमाडौं(एजेन्सी) । एनसेलले रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म ‘एनसेल जबसप’ योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ योजना ल्याएको हो । एनसेलका ग्राहकले अब आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर वा आफुलाई आवश्यक परेको जनशक्ति सजिलै खोज्न सक्ने छन् । यो सेवाले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई एकै भर्चुअल प्लेटफर्ममा भेटाउने काम गर्ने कम्पनीले जनाएको छ । एनसेलले आफ्नो हाल सञ्चालनमा रहेको अभियान ‘अनपज’ अन्तर्गत यो सेवा सञ्चालनमा ल्याएको हो । यो अभियानले हालको विषम परिस्थितीमा भविष्यको पुर्नविचार गर्दैै अघि बढ्न अभिप्रेरित गर्ने उदेश्य लिएको छ । एनसेलका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘कोभिड–१९ महामारीले गर्दा धेरैले रोजगारी गुमाउनु परेको छ । भर्चुअल रुपमा सम्पर्कमा रहन सकिने विकासले गर्दा अहिलेको अवस्थामा पनि अनलाइन नेटवर्कमार्फत एक अर्कासँग सम्पर्क स्थापित गर्न सकिने भएको छ । कार्यस्थलभन्दा टाढै बसेर पनि काम गर्ने र रोजगारीका अवसरहरु खोज्ने प्रवृति बढिरहेको बेलामा कामको खोजिमा रहेका व्यक्तिलाई सिधै रोजगारदातासँग जोड्ने यो नवीन सेवा ल्याउन पाएकोमा हामी हर्षित छौं ।’

अर्थतन्त्रमा विस्तारै सुधार हुन थालेको बेलामा यो एनसेल जबसपले विषम परिस्थितीका बेला काम गुमाएकालाई विभिन्न रोजगारीका अवसरसँग जोड्ने अवसर प्रदान गर्ने जनाइएको छ । हालको शुरुवाती अवस्थामा शारिरीक रुपमा काम गर्ने श्रमिक/कामदार र यस्ता जनशक्ति चाहनेले यो सेवा आफ्नै मोबाइलबाट लिन सक्ने छन् । कामको खोजिमा रहेका व्यक्ति र कामदिने व्यक्तिको आवश्यकता बिच प्रत्येक पटक मेल खाएपछि दुवै पक्षलाई एसएमएस मार्फत सन्देश प्राप्त हुन्छ । एनसेलको सेवा प्रयोग गर्ने र कामको खोजिमा रहेका जो कोही श्रमिक वा कामदारले रोजगारी खोजिरहेको व्यक्तिका रुपमा यो सेवा सुचारु गर्न सक्ने छन् । यो सेवालिन इच्छुक ग्राहकले एस्ट्रिक्स १७१३७ ह्यास डायल गरी वा एनसेल जबसप डट कम वेबसाइटमा गई दिइएको निर्देशन अनुसार कामदार वा कामदिने व्यक्तिले आफ्नो आवश्यकता अनुसार यो सेवा सुचारु गर्न सक्ने छन् । कामदिने व्यक्ति वा रोजगारदाताका लागि एउटा आवश्यकता पोष्ट गर्न कर सहित रु ६.३८ लाग्छ र एक पटक पोस्ट गरेको कामको विवरण एक हप्ता सम्म रहनेछ । त्यसैगरी कामको खोजिमा रहेका ग्राहकले ३ दिन, ७ दिन, १ महिना, ६ महिना वा वार्षिक गरी विभिन्न समयसिमामा रहेर यो सेवा सुचारु गर्न सक्ने छन् । कामको खोजिमा रहेका व्यक्तिले कर सहित रु ३.८३ मा ३ दिनको प्याकखरिद गर्न सक्ने छन् र त्यसै अनुसार प्याकको समय सिमाभित्र उक्त कामदारको प्रोफाइल सक्रिय रहनेछ ।

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update