Shittalpati
बगनासकालीमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण

रामचन्द्र रायमाझी

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको छ । चालु शैक्षिक सत्रदेखि नै लागू गर्ने गरी गाउँपालिकाले पहिलो चरणमा कक्षा १ का लागि स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको हो । उक्त पाठ्यपुस्तक राष्ट्रिय पाठ्यक्रम २०७६ अनुसार कूल १०० पूर्णाङ्क र पाठ्भार ५ रहेको छ । यो पुस्तक कूल पाठ्यभारको २० प्रतिशतको हो । गाउँ सरकारले निर्माण गरेको ‘हाम्रो बगनासकाली’नामक पाठ्यपुस्तकको शुक्रबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । पाठ्यपुस्तक निर्माणका लागि गाउँपालिकाले शिक्षक दयाराज कंडेलको संयोजकत्वमा विज्ञ टिम बनाएको थियो । उक्त टिमले विभिन्न चरणमा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षासम्बद्ध सरोकारवाला लगायतसँग छलफल गरी पाठ्यपुस्तक तयार गरेको हो । गाउँपालिकाको भौगोलिक अवस्था,धार्मिक, पर्यटकीय, जनसंख्या, ऐतिहासिक पृष्ठभूमि, सामाजिक मूल्य–मान्यता लगायतका विषयवस्तु पाठ्यपुस्तकमा समेटिएका छन्  ।

आधारभूत तहको ८ सय पूर्णाड्ढमध्ये सय पूर्णाड्ढको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधान अनुसार गाउँपालिकाले कक्षा १ को पाठ्क्रममा आधारित पाठ्पुस्तक निर्माण गरेको हो । अनिवार्य र ऐच्छिक विषय बाहेक सय पूर्णाड्ढको स्थानीय पाठ्यक्रमको विषयवस्तु विद्यालयहरुले पढाउनुपर्नेछ । केन्द्रीय पाठ्यक्रम विकास केन्द्र काठमाडौंसँगको परामर्श तथा स्वीकृतिमा गाउँपालिकाले स्थानीय स्तरको पाठ्यक्रम तयार गरी पुस्तक निर्माण गरेको छ । पुस्तकको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले लोकापर्ण गरेका छन् । पुस्तकको लोकापर्ण गर्दै अध्यक्ष बस्यालले स्थानीयले आफै १०० पूर्णाड्ढको पाठ्यपुस्तक तयार पारेर लागु गर्दा बालबालिकाले आफ्नो गाउँ–ठाउँ, कलासंस्कृति, भेषभुषा, सम्पदा, महत्वपूर्ण व्यक्तिको बारेमा जानकारी पाउँदा अपनत्व बढ्ने, भावनात्मक सम्बन्ध रहने, गाउँ ठाँउमै रहने वातावरणको विकास हुने बताए । उनले पाठ्युपुस्तकलाई कार्यान्वयन गराउनु महत्वपूर्ण रहेको भन्दै यसका लागि शिक्षकहरुले तदारुकता देखाउनुपर्नेमा जोड दिए । अध्यक्ष बस्यालले भने‘गुणस्तरी शिक्षा निर्माणमा शिक्षकहरुको महत्वपूर्ण भूमिका रहन्छ,त्यसैले शिक्षक इमान्दर र लगनशिल हुनुपर्छ ।’ गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले दक्ष र सीपयुक्त नागरिक उत्पादन गर्न स्थानीय पाठ्पुस्तकले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन । शिक्षा शाखा प्रमुख गुनाराम खनालले शिक्षालाई उद्देश्यमूलक, व्यवहारिक र रोजगारमूलक बनाउन स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरिएको बताए । पुस्तक निर्माणका संयोजक दयाराज कडेलले केन्द्रीय पाठ्यक्रममा मात्र केन्द्रित रहेका बालकालिकाहरुका लागि स्थानीय पाठ्यपुस्तक महत्वपूर्ण सावित हुने बताए । उनले पाठ्पुस्तकमा केही कमीकमजोरी भए थप सुधार गर्दै जाने बताएका छन् । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारी, कार्यपालिका सदस्य टिका बहादुर थापा, पत्रकारहरु देव पचाभैया, दिपक ढुङ्गना लगायतले पाठ्यपुस्तक कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम पुस्तक विमोचनाका संयोजक सुरेश गैरेको अध्यक्षतामा भएको थियो । गाउँपालिकाले विस्तारै अन्य कक्षाका पाठ्यपुस्तकहरु समेत निर्माण गर्ने गरी अगाडि बढेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update