त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ
मंगलबार, माघ २७, २०७७
सधैँ सडकमा भेटिने श्रमिक कुर्चीमा !
मंगलबार, माघ २७, २०७७
प्रायःजसो तानसेनका सडकहरुमा हातमा नाम्लो र बोरा लिएर व्यापारीहरुको सामान ओसार–पोसार गर्ने काममै व्यस्त देखिने बगनासकाली गाउँपालिका घोरबन्दका दिपेन कुमाल सोमबार एक औपचारिक कार्यक्रममा देखिन्थे । उनी कुनै कामका लागि त्यहाँ गएका होइनन् । कुमाल कार्यक्रम भएकै मञ्च अघिको एक कुर्चीमा देखिन्थे । सधैँ नाम्लो नछुट्ने उनको टाउकोमा नयाँ ढाका...
काँग्रेसले सहकारी बैंक खोल्न प्रक्रिया अगाडि बढायो
मंगलबार, माघ २७, २०७७
नेपाली काँग्रेसले सहकारी बैंक खोल्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । काँग्रेसले सहकारी बैंक दर्ताका लागि संघीय सहकारी विभागमा फाइल पेश गरेको छ । प्रस्तावित नेपाल सहकारी बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले संस्थाको कागजात सहितको निवेदन विभागका रजिष्टार टोकराज पाण्डेलाई हस्तान्तरण गरेका छन् ।
सुरक्षित इन्टरनेट आवश्यक
मंगलबार, माघ २७, २०७७
विश्वले सूचना तथा प्रविधिको क्षेत्रमा निकै ठूलो फड्को मारेको छ । सूचना प्रविधिकै कारण विश्व साघुरो घेरामा सिमित बन्न पुगेको छ । नेपालले पनि सूचना प्रविधिलाई पछ्याउँदै अगाडि बढेको अवस्था छ । इन्टरनेट तथा अनलाइनको माध्यमबाट धेरै कामहरु छिटो छरितो र सहज भएका छन् । यो आफैमा सकारात्मक पक्ष हो ...
सुशील कोइराला सोसलिष्ट युथ सर्कल पाल्पाले गर्यो श्रमिकहरुलाई सम्मान
सोमबार, माघ २६, २०७७
सुशिल कोईराला सोसलिष्ट युर्थ सर्कल पाल्पामा सडकमा मजदुरी गरी जिविकोपार्जन गर्दै आएका मजदुरहरुलाई सम्मान गर्दै एक छाक निःशुल्क भोजन गराएको छ । नेपाली काँग्रेसका पूर्व सभापती एवं पूर्व प्रधानमन्त्री सुशिल कोईरालाको छैठो स्मृती दिवसको अवसरमा सोसलिष्ट युथ सर्कल पाल्पाले तानसेनमा ज्याला मजदुरी गर्ने श्रमिकहरुलाई एक कार्यक्रम गरी सम्मान गरेको हो...
दोस्रो चरणको कोरोना विरुद्ध खोप अभियान शुरु
सोमबार, माघ २६, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो चरणको अभियान सोमबारदेखि सञ्चालन गरेको छ । पहिलो चरण यही माघ २४ गते सकाएपछि मन्त्रालयले सोमबारदेखि दोस्रो चरणको खोप शुरु गरेको हो ।
सात जुवाडे पक्राउ
सोमबार, माघ २६, २०७७
तास खेल्दै गरेको अवस्थामा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–४ नागडाँडास्थित निरञ्जन श्रेष्ठले सञ्चालन गर्दै आएको खाजा घरबाट प्रहरीले तास खेल्दै गरेको अवस्थामा पुतलीबजार–४ का खाजा घर सञ्चालक ३७ वर्षीय श्रेष्ठसहित सोही ठाउँ बस्ने ३८ वर्षीय मदन पौडेल, ५१ वर्षीय चन्द्रबहादुर गुरुङ, ५१ वर्षीय दाताराम पोखरेल,...
पाल्पामा फर्निचर उद्योगमा आगोलागी
सोमबार, माघ २६, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिका ४ मा रहेको एक फर्निचर उद्योगमा आगोलागी भएको छ । सोमबार (आज) विहान युवराज रजालीको १ तले जस्ता पाताको छानो भएको फर्निचर उद्योगमा आगोलागी भएको हो ।
सिडियो न्यानो कपडा लिएर वृद्धाश्रममा
सोमबार, माघ २६, २०७७
केही समय अघि महिला सिडियो (प्रमुख जिल्ला अधिकारी)का रुपमा गुल्मी आएकी रुद्रादेवी शर्मा न्यानो कपडा लिएर वृद्धाश्रम पुगेकी छन् । जिल्लामा अत्याधिक चिसो बढेपछि जिल्लाको सत्यवती गाउँपालिका १ अस्लेवास्थित राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा रहेका नागरिकहरुलाई चिसोबाट बचाउन प्रजिअ शर्मा न्यानो कपडा लिएर आश्रममा पुगेकी हुन् ।
माथागढी : यस्तो छ एमआईएस शाखाको प्रगति विवरण
सोमबार, माघ २६, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले सबै शाखाका कार्य प्रगति विवरण सार्वजनिक गर्दै आएको छ । गाउँपालिकाका सबै शाखाहरुले आठौं गाउँसभामार्फत चालु आर्थिक वर्षको ६ महिनाको कार्य प्रगति विवरण प्रस्तुत गर्दै आएका छन् । सोही अवसरमा एमआईएस (व्यवस्थापन सूचना प्रणाली) शाखाले पनि आफ्नो ६ महिनाको कार्य प्रगति विवरण प्रस्तुत गरेको छ ।
पशु सेवाका लागि छुट्याईएका दुई कार्यक्रम सकियो
सोमबार, माघ २६, २०७७
माथागढी गाउँ सरकारले पशुसेवा समन्वय इकाईका लागि छुट्याएका कार्यक्रम तथा योजना मध्ये दुई वटा कार्यक्रम सकिएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि छुट्याएका ८ वटा कार्यक्रम तथा योजनाहरु मध्ये ६ महिनाको अवधिमा दुई वटा कार्यक्रमहरु मात्र सकिएको हो ।
कोरोनाले गरिबीमा पारेको प्रभाव
सोमबार, माघ २६, २०७७
कोभिड –१९ का कारण विश्वको अर्थतन्त्र नै तहस नहस भएको छ । नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । नेपालको अर्थतन्त्रमा कोरोना महामारीले ठूलो क्षति पुर्याएको छ । कोरोना महामारीका कारण आर्थिक गतिविधि ठप्प हुँदा आर्थिक वृद्धिदर खुम्चिएको हो ।


