नवजनचेतना राष्ट्रिय दैनिक २०७७ माघ २६ गते सोमबार
सोमबार, माघ २६, २०७७
पाल्पामा टिपर र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक गम्भीर घाइते
आइतबार, माघ २५, २०७७
जिल्लाको तिनाउ गाउँपालिकामा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किएका छन् । पाल्पाबाट चुनढुङ्गा लोड गरी बुटवलतर्फ जाँदै गरेको लु २ ख २२०१ नं.को टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ६४ प ५७६२ नं.को मोटर साइकललाई ठक्कर दिएको हो ।
गुल्मीमा १७ सय बढीले लगाए कोरोना विरुद्धको खोप
आइतबार, माघ २५, २०७७
गुल्मीमा पहिलो चरणमा एक हजार सात सय भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । पहिलो चरण अन्तर्गत १ हजार ८ सय ८१ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा १ हजार ७ सय ४५ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य कार्यालय गुल्मीका कार्यालय प्रमुख डा.भवानी प्रसाद शर्माले जानकारी दिए ।
प्रजिअ शर्माद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
आइतबार, माघ २५, २०७७
जिल्ला प्रशासन कार्यालय गुल्मीले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । जिल्लाको सत्यवति गाउँपालिका वडा नं. १ अस्लेवास्थित राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा बस्ने जेष्ठ नागरिकलाई चिसोबाट जोगाउनका लागि न्यानो कपडा स्वरुप कम्बल वितरण गरिएको हो ।
पत्रकारलाई कोभिड खोप निःशुल्क प्रदान गर्न गृहकार्य
आइतबार, माघ २५, २०७७
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासंघका सदस्यलाई कोभिड खोप निःशुल्क प्रदान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल भइरहेको बताएका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘आमसञ्चार तथा श्रमजीवी पत्रकार : नीति, कार्यक्रम तथा बजेट’ विषयको अन्तत्र्रिmयामा मन्त्री गुरुङले कोभिड प्रभावित श्रमजीवी पत्रकारलाई राहत प्याकेज ल्याइने घोषणासमेत गरे...
पाल्पाली साहित्यकारहरु कपिलधामबाट फर्किए
आइतबार, माघ २५, २०७७
साहित्यतीर्थ, कपिलधाम (कपिलवस्तु)को एक दिने अवलोकन भ्रमणमा निस्किएको पाल्पाली साहित्यकारहरुको एक टोली पाल्पा फर्किएको छ । शनिबार शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाको आयोजनामा साहित्यतीर्थ, कपिलधाम गएको साहित्यकारहरुको टोली जिल्ला फर्किएको हो ।
पेशाकर्मी र श्रमिकहरु सडकमा
आइतबार, माघ २५, २०७७
संसद् विघटनपछि राजनीतिक बजार चल्मलाएको छ । महिना दिनदेखि निरन्तरजसो सत्तापक्ष र विपक्षी दलको सडक संघर्षले यति बेला राजनीतिक बजार चल्मलाएको हो । संसद् विघटनपछि उत्पन्न राजनीतिक घटनाक्रमलाई दलहरूले आ–आफ्नै तर्क लगाएर विरोध प्रदर्शन गरिरहेका छन् ।
मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशतले वृद्धि
आइतबार, माघ २५, २०७७
नेपाल राष्ट्र बैंकबाट ख वर्गको स्वीकृत प्राप्त मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशतले वृद्धि भएको छ । बैंकको गत आवको दोस्रो त्रैमासिकको तुलनामा ३० प्रतिशतले वृद्धि भएको हो । बैंकको चाल आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण अनुसार ६१ करोड ५५ लाख नाफा भएको छ ।
कृषि उद्यमशीलता जरुरी
आइतबार, माघ २५, २०७७
निर्वाहमुखी कृषि प्रणालीबाट बजारमुखी कृषि प्रणालीमा विकास गर्नका लागि अपनाइने रणनीति नै कृषि उद्यमशीलता हो । नेपालमा अझै पनि निर्वाहमुखी कृषि प्रणाली अपनाइएको छ । यो प्राणलीलाई सुधार गर्दै नलैजाने हो भने देशको आर्थिक विकास सम्भव छैन् ।
पाल्पामा शनिबारसम्म २७ सय १२ जनाले लगाए कोरोना विरुद्धको खोप
शनिबार, माघ २४, २०७७
जिल्लामा सञ्चालित कोभिड १९ विरुद्धको खोप अभियान अन्तगर्त शनिबारसम्म २७ सय बढीले कोरोना खोप लगाएका छन् । जिल्लाका ४ खोप केन्द्रबाट शनिबार ५० जनाले लगाएसँगै कोरोना विरुद्धको खोप लगाउनेको संख्या दुई हजार ७ सय १२ पुगेको हो ।
गुल्मीमा पनि काँग्रेस आवद्ध शुभेच्छुक संस्थाहरुको विरोध प्रदर्शन
शनिबार, माघ २४, २०७७
गुल्मीमा पनि नेपाली कांग्रेसमा आवद्ध शुभेच्छुक संस्थाहरुले प्रतिनिधिसभा विघटन विरुद्धमा बिरोधसभा गरेका छन् । शनिबार नेपाली कांग्रेसको जिल्लास्थित पार्टी कार्यालय वी.पी. स्मृति भवन तम्घासमा नेपाल ट्रेड युनियन काँग्रेस सहित जिल्लामा क्रियाशिल एक दर्जन भन्दा बढी शुभेच्छुक संस्थाहरुको आयोजनामा विरोधसभा गरिएको हो ।
पाल्पामा थप ३० संक्रमितले कोरोना जिते, ८ जनामा संक्रमण पुष्टि
शनिबार, माघ २४, २०७७
पाल्पामा थप ३० जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई गत माघ १८ गतेदेखि माघ २४ गतेसम्मको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३० जना संक्रमितले कोरोना जितेका हुन् ।


