Shittalpati
पाल्पामा टिपर र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक गम्भीर घाइते

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिकामा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किएका छन् । पाल्पाबाट चुनढुङ्गा लोड गरी बुटवलतर्फ जाँदै गरेको लु २ ख २२०१ नं.को टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ६४ प ५७६२ नं.को मोटर साइकललाई ठक्कर दिएको हो । दुर्घटना तिनाउ ३ पानीमिल नजिकै सिद्धार्थ राजमार्गमा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

घाईते चालक कपिलबस्तु बाणगंगा नगरपालिका ५ का ३१ वर्षीय संजय कुमार रौतार रहेको प्रहरीले जनाएको छ । उनको अहिले मर्सीसिटी अस्पताल बुटवलमा उपचार भईरहेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताए । दुर्घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । टिपर र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update