नवजनचेतना राष्ट्रिय दैनिक २०७७ चैत १५ गते आइतबार
सोमबार, चैत १६, २०७७
गुल्मीको मदानेमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
शनिबार, चैत १४, २०७७
गुल्मी जिल्लाको मदाने गाउँपालिकाद्वारा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिएको छ । गाउँपालिकाको वडा नं. ४, म्यालपोखरी स्थित मेहलेपोखरी माध्यामिक विद्यालयको खेलमैदानमा शनिबार देखि प्रतियोगिता सञ्चालन गरिएको हो ।
पाल्पामा आगो निभाउने क्रममा एकको मृत्यु
शनिबार, चैत १४, २०७७
पाल्पामा आगो निभाउने क्रममा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको माथागढी गाउँपालिका ४ झडेवाका ६५ वर्षीय मान बहादुर सिंजालीको मृत्यु भएको हो ।
अलबिदा नविन्द्रराज जोशी
शनिबार, चैत १४, २०७७
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीप्रति शीर्ष राजनीतिक नेताले श्रद्धाञ्जली अर्पण गरेका छन् । एक महिनादेखि उपचार गराइरहेका जोशीको शुक्रबार निधन भएको हो । उनको शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पार्टी सभापति शेरबहादुर देउवा, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, गगन थापा लगायतका नेताहरु सानेपा...
बगनासकाली बन्यो लुम्बिनी प्रदेशकै पहिलो ‘बालमैत्री’ गाउँपालिका
शनिबार, चैत १४, २०७७
पाल्पाको बगनासकाली गाउँपालिकालाई लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । शनिबार एक औपचारिक कार्यक्रमका बिच गाउँपालिकास्तरीय बालसञ्जालकी अध्यक्ष इन्दु गाहा र गाउँपालिका महासंघ नेपालका केन्द्रीय सदस्य तथा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले संयुक्त रुपमा बगनासकालीलाई लुम्बिनी प्रदेशको पहिलो र नेपालको तेस्रो बालमैत्री गाउँपालिकाको रुपमा घोषणा गरेका हुन् ।
नेपाल पब्लिक क्याम्पस संघ पाल्पाको अध्यक्षमा ज्ञवाली
शनिबार, चैत १४, २०७७
जिल्लाका सामुदायिक क्याम्पसहरुको छाता संस्था नेपाल पब्लिक क्याम्पस संघ पाल्पाको अध्यक्षमा राधेश्याम ज्ञवाली चयन भएका छन् । शनिबार तानसेनमा भएको संघको तेस्रो अधिवेशनले ज्ञवालीलाई सर्वसहमत रुपमा अध्यक्षमा चयन गरेको हो । ज्ञवाली तानसेन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख हुन् ।
राष्ट्रिय पत्रकारिता पुरस्कार स्व.कसजुलाई
शनिबार, चैत १४, २०७७
राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ वरिष्ठ पत्रकार स्व.विनयकुमार कसजूलाई (मरोणोपरान्त) प्रदान गरिने भएको छ । पत्रकार महासंघ पाल्पाले लुम्बिनी मेडिकल कलेजको सहयोगमा स्थापना गरेको पत्रकारिता पुरस्कार स्व. कसजूलाई प्रदान गरिने भएको हो ।
नेपालले वैशाखमा त्रिदेशीय टी–२० शृङ्खला खेल्न
शनिबार, चैत १४, २०७७
नेपाली राष्ट्रिय क्रिकेट टोलीले यही वैशाखमा कीर्तिपुर क्रिकेट मैदानमा त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपालसहित नेदरल्याण्ड्स र मलेसियाबीचको शृङ्खला यही वैशाख ४ देखि ११ गतेसम्म हुने नेपाल त्रिकेट संघ(क्यान) ले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
डबल राउण्ड रोबिनको आधारमा हुने शृङ्खलामा शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ...
एल.आई सी नेपालद्वारा मृत्यु दावी भुक्तानी
शनिबार, चैत १४, २०७७
एल.आई. सी नेपाल लिमिटेड नेपाल पाल्पा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी भुक्तानी बापतको ६ लाख ९० हजार ५ सय २० रुपैयाँ रकम मृतको परिवारलाई हस्तान्तरण गरेको हो । शाखाले तिनाउ गाउँपालिका वडा नंं ६ डुम्रेका महेन्द्र सिंह अस्लामी थापाको मृत्यु दावी भुक्तानी बापतको रकमको चेक...
‘लकडाउन’ होइन, स्वास्थ्य मापदण्ड पालना गरौं
शनिबार, चैत १४, २०७७
छिमेकी देश भारतमा कोरोना महामारीको दोस्रो लहर देखिएपछि नेपालमा पनि त्यसको त्रास फैलिएको छ । अन्य छिमेकी देशहरुले कोरोना नियन्त्रण गर्न भन्दै केही स्थानमा लकडाउन समेत गरेको अवस्था छ । नेपालमा पनि लकडाउनको हल्ला चलिरहेको छ । हल्ला चल्नु पनि स्वभाविक नै हो ।
होली नखेल्न आग्रह
शनिबार, चैत १४, २०७७
जिल्ला प्रशासन कार्यालय पाल्पाले यस वर्षको होली पर्व सामुहिक रुपमा नखेल्न आग्रह गरेको छ ।
लुम्बिनी प्रदेश राजधानीको जग्गा रोक्का आंशिक फुकुवा
शुक्रबार, चैत १३, २०७७
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको सातौ हिउँदे अधिवेशन यही चैत १८ गतेका लागि आह्वान गर्न सिफारिस गरेको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसअनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्थाबमोजिम अधिवेशन बस्ने समयसहित...


