Shittalpati
अलबिदा नविन्द्रराज जोशी

पाल्पा,नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीप्रति शीर्ष राजनीतिक नेताले श्रद्धाञ्जली अर्पण गरेका छन् । एक महिनादेखि उपचार गराइरहेका जोशीको शुक्रबार निधन भएको हो । उनको शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पार्टी सभापति शेरबहादुर देउवा, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, गगन थापा लगायतका नेताहरु सानेपा पुगेका थिए । यस्तै, अर्थमन्त्री एवं एमाले नेता विष्णु पौडेल,एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,एमाले नेता माधवकुमार नेपाल, एमाले नेता रघुजीपन्त लगायतका विभिन्न दलका नेताको सहभागीता थियो । जोशीका बायाँ खुट्टा र हातमा फागुन १३ गते राति समस्या देखिएको थियो । त्यसपछि उनलाई वीर अस्पताल लगिएको थियो । वीरमा पुग्दासम्म उनी बोल्न सक्ने अवस्थामा थिए । त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । अस्पताल पुगेदेखि नै अचेत रहेका जोशीको एक महिनाको उपचारपछि निधन भएको हो ।

नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री, काठमाडौंका पूर्वउपप्रमुख, संविधानसभा सदस्य जोशीले नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत संघर्ष गरेका थिए । यस्तै, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत संघर्षरत नवीन्द्रराज जोशीको मर्माहत र स्तब्ध भएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update