Shittalpati
राष्ट्रिय पत्रकारिता पुरस्कार स्व.कसजुलाई

पाल्पा,राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ वरिष्ठ पत्रकार स्व.विनयकुमार कसजूलाई (मरोणोपरान्त) प्रदान गरिने भएको छ । पत्रकार महासंघ पाल्पाले लुम्बिनी मेडिकल कलेजको सहयोगमा स्थापना गरेको पत्रकारिता पुरस्कार स्व. कसजूलाई प्रदान गरिने भएको हो ।

पुरस्कार छनौट समितिका अध्यक्ष बरिष्ठ पत्रकार मेघराज शर्माको अध्यक्षतामा बसेको सिफारीस समितिको बैंठकले वरिष्ठ पत्रकार कसूजुलाई उक्त पुरस्कार प्रदान गरिन लागिएको पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिए । उक्त पुरस्कारको राशि ५० हजार बराबरको रहेको छ । अध्यक्ष अर्यालका अनुसार यो पुरस्कारको राशी पत्रकार महासंघको स्थापना दिवसको अवसरमा यहि चैत १६ गते उनका परिवारलाई प्रदान गरिनेछ । राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष, चर्चित बाल साहित्यकार समेत रहेका कसजूको २०७६ मंसिर १० गते निधन भएको थियो । पत्रकारिता र बालसाहित्यको क्षेत्रमा निरन्तर सक्रिय कसजूको २००४ मा पाल्पाको तानसेनमा जन्म भएको थियो ।

२०७७ सालको संस्थागत पुरस्कार भने पत्रकारमहासंघ प्रदान गरिने छ । यस्तै पूर्व अध्यक्ष मेघराज शर्मा, झपेन्द्र गहिरे र गोविन्द भट्टराईको सहयोगमा स्थापना गरिएको विकास पत्रकारिता पुरस्कार निलकण्ठ न्यौपानेलाई प्रदान गरिने भएको छ । यसको राशी २५ हजार रहेको छ ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update