Shittalpati
एल.आई सी नेपालद्वारा मृत्यु दावी भुक्तानी

कृष्ण पोखरेल
पाल्पा, एल.आई. सी नेपाल लिमिटेड नेपाल पाल्पा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी भुक्तानी बापतको ६ लाख ९० हजार ५ सय २० रुपैयाँ रकम मृतको परिवारलाई हस्तान्तरण गरेको हो । शाखाले तिनाउ गाउँपालिका वडा नंं ६ डुम्रेका महेन्द्र सिंह अस्लामी थापाको मृत्यु दावी भुक्तानी बापतको रकमको चेक उनको श्रीमती सीतादेवी अस्लामी थापालाई हस्तान्तरण गरेको छ । शाखा कार्यालयका प्रवन्धक राकेशराज काफ्ले, एजेन्सी म्यानेजर युवराज ज्ञवाली, डुम्रे दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष दुर्गाबहादुर खाँण, व्यवस्थापक गोपाल जिसीको सहभागितामा अस्लामीको श्रीमती सीतादेवीलाई चेक हस्तानतरण गरिएको थियो । डुम्रे दुग्ध सहकारी संस्था लिमिटेडमा आवद्ध भई गाईपालन गर्दै आएका कृषक अस्लामीको २०७७ साल कार्तिक १९ गते कोरोना सक्रमणको कारण उपचारको क्रममा युनाटेड मिसन अस्पताल तानसेनमा मृत्यु भएको थियो ।


अस्लामीले दुई बर्ष अघि एल.आई सि. बिमा कम्पनीमा जीवन आनन्द पोलिसी अन्र्तगत बिमा गरेका थिए । अस्लामीले दुई किस्ता रकम १ लाख ४ सय रुपैयाँ प्रिमियम बुझाएका थिए । कमाउने व्यक्तिको नै मृत्यु भएकाले समयमा बिमा गरेको कारण विना झण्झट एल.आई सी कम्पनीबाट बिमा दावी रकम पाउदा ठूलो राहत मिलेको श्रीमती सीतादेवीले बताईन् । परिवारको आर्थिक अवस्था कमजोर भएकाले, कोरोना सक्रमणबाट मृत्यु भएपनि परिवारमा राहत पुगोस् भनी छिटो छरितो प्रक्रियाबाट श्रीमतीलाई रकम हस्तान्तरण गरिएको एजेन्सी म्यानेजर ज्ञवालीले बताए ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update