Shittalpati
होली नखेल्न आग्रह

पाल्पा,  जिल्ला प्रशासन कार्यालय पाल्पाले यस वर्षको होली पर्व सामुहिक रुपमा नखेल्न आग्रह गरेको छ । छिमेकी देशहरुमा कोरोना संक्रमण तथा मृत्यु दर वृद्धि भइरहेका बेला सामुहिक रुपमा होली नखेल्न प्रशासनले आग्रह गरेको हो । प्रशासनले एक सूचना जारी गरी घरपरिवारमै सिमित रहेर मात्र होली खेल्न भनेको छ । प्रशासनले होलीमा हल्ला गर्ने, लोला हान्ने पानी छ्याप्ने जस्ता गतिविधिहरु नगर्नू / नगराउन आग्रह गरिएको छ । प्रशासनको सूचनालाई वेवास्ता गरिएमा प्रचलित कानून बमोजिम कारवाही समेत हुने जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update