तानसेनमा पसलको अनुगमन गरिने
बिहीबार, जेठ १, २०७७
दोस्रो चरणको राहत बाड्न नगर सरकारलाई काँग्रेसको आग्रह
बिहीबार, जेठ १, २०७७
नेपाली काँग्रेस तानसेन नगर समितिले दोस्रो चरणको राहत वितरण गर्न तानसेन नगर सरकारलाई आग्रह गरेको छ । विश्वभर फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी जिवीकोपार्जन गर्दै आएका मजदुरहरुका लागि तत्काल दोस्रो चरणको राहत वितरण गर्न नगर सरकारलाई काँग्रेसले आग्रह गरेको...
चन्द्रकोट गाउँपालिकाले ९ लाख भन्दा बढी रकमको राहत वितरण
मंगलबार, वैशाख ३०, २०७७
जिल्लाको चन्द्रकोट गाउँपालिकाले ९ लाख भन्दा बढी रकम बराबरको राहत वितरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै गाउँपालिकाले अहिलेसम्म ९ लाख ६४ हजार ७ सय ८० रकम बराबरको राहत वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
प्रदेश पाँचको कोरोना राहत कोषमा १४ करोड जम्मा
मंगलबार, वैशाख ३०, २०७७
प्रदेश पाँच सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा १४ करोड रकम जम्मा भएको छ ।
पर्यटकीय क्षेत्र बन्दै राम्चे सामुदायिक वन
सोमबार, वैशाख २९, २०७७
पाल्पाको रामपुरस्थित राम्चे सामुदायिक वनलाई पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिँदै छ । प्रदेश पाँच सरकारको सहयोगमा पाँच वर्षसम्म सकिने गरी वनमा पर्यकटीय पूर्वाधार निर्माणको काम भइरहेको छ ।
पूर्वखोला गाउँपालिकाको कोरोना राहत कोषमा काँग्रेसले गर्यो सहयोग
शनिबार, वैशाख २७, २०७७
जिल्लाको पूर्वखोला गाउँपालिकाको कोरोना विपद् कोषमा नेपाली काँग्रेस पूर्वखोला गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा काँग्रेसले २६ हजार सात सय सहयोग गरेको हो । उक्त सहयोग रकम नेपाली काँग्रेस पूर्वखोला गाउँपालिकका संयोजक कृष्णप्रसाद शर्मा पौडेलको नेतृत्वमा पार्टीका क्षेत्रीय सदस्य...
तानसेन गुठी काठमाण्डौँ द्वारा विपन्न परिवारलाई राहत
बिहीबार, वैशाख २५, २०७७
तानसेन गुठी काठमाडौंले कोरोना भाइरस कारण दैनिक ज्याला मजदुरी गरी खाने न्युन आय भएका परिवारहरुलाई राहत वितरण गरेको छ ।
लकडाउनका बेला सीपमूलक काममा
बिहीबार, वैशाख २५, २०७७
कोभिड –१९ संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका समयमा पाल्पाका सर्वसाधारण सीपमूलक काममा लागेका छन् ।
तरुणदलले गर्यो तानसेन २ का विपन्न परिवारलाई राहत सहयोग
बुधबार, वैशाख २४, २०७७
तानसेन वडा २ का विपन्न तथा दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्दै आएका नागरिकलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ ।
सामाजिक दुरी कायम गरी दोस्रो चरणको राहत बाँड्दै रामपुर
मंगलबार, वैशाख २३, २०७७
रामपुर नगरपालिकाले लकडाउनबाट प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारका लागि दोस्रो चरणको राहत वितरण सुरु गरेको छ । पहिलो चरणको राहतबाट छुटेका नागरिकहरुलाई दोस्रो चरणमा राहत दिएको हो ।
घुम्टे चढ्न रोक, मेला समेत स्थगन
मंगलबार, वैशाख २३, २०७७
वैशाख पूर्णिमाको अवसरमा बागलुङ जिल्लाको प्रसिद्ध घुम्टे लेकमा लाग्ने मेला स्थगन गरिएको छ । साथै कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै यस वर्ष सो लेकमा चढ्न समेत रोक लगाइएको छ । सो लेक लालीगुराँसको पहाड भनेरसमेत चिनिँदै आएको छ ।


