Shittalpati
मागका आधारमा रामपुरका कृषकलाई नि:शुल्क फलफुलका विरुवा वितरण

पाल्पा (रामपुर) । पाल्पाको रामपुर नगरपालिका कृषि शाखा तथा नगरका वडाहरुले शत प्रतिशत अनुदानमा कृषकहरुलाई फलफुलका बिरुवा वितरण गरेको छ । कृषकहरुलाई मागको आधारमा शाखा तथा वडा कार्यालयले सुन्तला, कागती र अमिलोको बिरुवा वितरण गरेको हो । कृषिशाखामा मंगलबार एक कार्यक्रमका विच कृषकहरुलाई बिरुवा हस्तान्तरण गरेर शुभारम्भ गरिएको थियो । रामपुर नगरपालिकाका कृषकलाई कागति र सुन्तलाको बिरुवा वितरण गरिएको हो । विरुवा वितरण गर्दै रामपुर नगरपालिका आर्थिक विकास समिति संयोजक हुमनाथ न्यौपानेले खाली जमिनको सही सदुपयोग गर्न सके फलफुल बाट पनि राम्रो आम्दानी दिन सकिने बताए । उनले प्राप्त विरुवाको उपयुक्त हेरचाह गरी फलाएर आम्दानी लिन सके मात्र उद्देश्य प्राप्ति हुने बताए ।

नगरपालिका र वडाहरु मार्फत अहिले कागती १० हजार, सुन्तला एक हजार, अमिलोका तीन सयका बिरुवा वितरण गर्न लागिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेले जानकारी दिए । कृषकको मागको आधारमा बिरुवा वितरण गरिएको हो । जस मध्ये ३ हजार कागती वडा नं. १ ले, १ हजार कागती र १ हजार सुन्तला वडा नं. १० मार्फत वितरण गर्न लागिएको हो । साथैल आँप र लिची लगाएतका फलफुलका विरुवा पनि वितरण गर्ने छ । यता रामपुर नगरपालिका वडा नं. ८ ले पनि मागको आधारमा २ हजार ३ सय सुन्तला र २ हजार ७ सय कागतीको विरुवा वितरण भैरहेको वडाका कृषि प्राविधिक सुजता अधिकारीले बताईन् ।

प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update