Shittalpati
गुल्मी उद्योग वाणिज्य संघद्वारा आइसोलेशन सेन्टरलाई कित्ली सहयोग

रमेश विश्वकर्मा

गुल्मी । गुल्मी उद्योग वाणिज्य संघले उपल्लो तम्घासमा बनाईएको आइसोलेशनलाई इलोक्टोनिक किट्ली हस्तान्तरण गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–९ मा बनाईएको आइसुलेशनमा रहेकालाई छुट्टाछुट्टै प्रयोजनका लागि ९ थान इलोक्ट्रोनिक किट्ली प्रदान गरिएको संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । उनले आइसोलेशनमा रहेकाहरुको प्रयोजनका लागि बिद्युतीय पानी तताउने सामग्रीले दिइएको बताए ।

यसबाट आइसोलेशनमा रहेकाले आफैले पानी तताएर प्रयोग गर्न सक्ने भएकाले यो सामग्री अत्यन्त सुरक्षित समेत रहेको अध्यक्ष भलामीले बताए । उनले भने,‘सामाजिक दायित्वको रुपमा संघले विपत्तिको समयमा सहयोग पुर्‍याउँदै आएको छ ।’ जिल्ला प्रशासन कार्यालयको आग्रहमा इलोक्ट्रोनिक कित्ली प्रदान गरिएको महासचिव तारा प्रसाद भुसालले बताए । उनले यस अघि संघले रेसुङ्गा नगरपालिकाको विपद व्यवस्थापन कोषमा १ लाख रुपैँया सहयोग प्रदान गरेको बताए । संघले विभिन्न संघसस्था, मजदुर, विपन्न परिवार लगायतलाई सहयोग गर्दै आएको छ । बुधबार संघका कार्यालय प्रमुख तोमलाल पन्थीले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा मार्फत उपल्लो तम्घासमा बनाईएको आइसोलेशनलाई इलोक्ट्रोजिक कित्ली हस्तान्तरण गरेका हुन् । प्रमख जिल्ला अधिकारी शर्माले विद्युतीय पानी तताउने किट्ली हस्तान्तरण गरेकोमा संघलाई धन्यवाद दिए । आइसोलशेनमा अहिलेसम्म पाँच जना कोरोना संक्रमित तथा दुई जना ज्वरोका बिरामी रहेको रेसुङ्गा नगरपलिकाका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले बताए ।

प्रकाशित मिति: बुधबार, असार ३, २०७७  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update