Shittalpati
तानसेन नगरको आगामी बजेट नगर सभामा प्रस्तुत

पाल्पा ।  तानसेन नगरपालिकाले आगामी आर्थिक २०७७/०७८ का लागि १ अर्ब १२ करोड ८९ लाख ६० हजार ७ सय ४७ बराबरको बजेट ल्याएको छ । नगर सरकारले सातौ नगर सभा मार्फत उक्त बजेट सहित नीति तथा कार्यक्रम प्रस्ताव गरेको हो । बुधबारदेखि सुरू भएको नगर सभामा नगर प्रमुख अशोककुमार शाहीले पूँजीगततर्फ ४६ करोड १४ लाख ३५ हजार ७ सय ४७ र चालुतर्फ ६६ करोड ७५ लाख २५ हजार बजेट प्रस्ताव गरेका छन् । उनले पूँजीगततर्फ कुल बजेको ४१ प्रतिशत र चालु तर्फ ५९ प्रतिशत बजेट प्रस्ताव गरे ।

नगर प्रमुख शाहीले पूर्वाधार विकास कार्यक्रम तर्फ १५ करोड ५४ लाख ९ हजार ४६, सामाजिक विकासतर्फ ५६ करोड ८७ लाख ७९ हजार ७ सय ७६, आर्थिक विकासतर्फ १६ करोड ७४ लाख ६८ हजार ९ सय ४२, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ १० करोड ३४ लाख ८४ हजार ३ सय १, ससशासन तथा संस्थागत विकास तर्फ १ करोड ३८ लाख १८ हजार ६ सय ८१, वित्तीय व्यवस्थापन तर्फ ५० करोड, र कार्यालय सञ्चालन तथा प्रशासनीक खर्च तर्फ ११ करोड ५० लाख बजेट विनियोजन हुने गरी सम्मानीत सभासमक्ष प्रस्ताव गरेका छन् । उनलेले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न, कृषि, पर्यटन र भौतिक पूर्वाधारको विकास गर्नमा बजेटले प्राथमिकता दिएको बताए । शाहीले कोरोना नियन्त्रण गर्न आश्वयक कार्यक्र सञ्चालन गर्ने, विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा गरिदिने, स्वाथ्य क्षेत्रलाई आवश्यक भौतिक पूर्वाधार तयार गर्ने लगायतका कार्यक्रमलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update