Shittalpati
रिव्दीकोटको बजेट : स्वास्थ्य, कृषि र पशुपालनमा प्राथमिकता

कृष्ण पोखरेल

पाल्पा । जिल्लाको रिव्दीकोट गाउँपालिकाले स्वास्थ्य, कृषि र पशुपालनमा केन्द्रीत गर्दै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ४९ करोड ८३ लाख ७१ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी खनालले आगामी बर्षको लागि स्वास्थ्य, कृषि, पशु पर्यटन शिक्षा, खानेपानी सरसफाई, वन वातावरण तथा विपद व्यवस्थापन, स्वरोजगार जस्ता विषयवस्तुमा केन्द्रीत रहेर बजेट सार्वजनिक गरेकी छन् । गाउँपालिकाले आफ्नो वडा आफै बनाउ भन्ने कार्यक्रममा ५ करोड, ३१ लाख, कोरोना सक्रमणको व्यवस्थपनमा ५० लाख, विदेशबाट फर्किएका युवाहरुलाई केन्द्रीत ऋण तथा सहुलिय व्याजको लागि ६० लाख, कृषियन्त्रको लागी १७ लाख ५० हजार, कृषकहरुको उत्पादन सामाग्री अनुदानको लागी २० लाख, रैथाने वाली प्रवद्र्धनको लागी १० लाख, टमाटर र दुध अनुदानको लागी ३० लाख, कृषक जनगणनाकोे लागि ३ लाख, शितभण्डार निर्माणको लागी १ करोड, एक घर एक धाराको लागि १ करोड, गाउँपालिकाका कक्षा ५ सम्मका वालवालिकाहरु लाई निःशुल्क दिवा खाजा, सुन्तला जातका फलफूल रोपणको लागी ३१ लाख, नयाँ लघु उद्यमी उत्पादनको लागी २२ लाख ८० हजार, सहकारी मार्फत आयमुलक कार्यक्रमको लागी २० लाख, एकल महिला रोजगारीको लागी ५ लाख, संवृद्ध रिव्दिकोट निर्माणको लागि पूर्वाधार तर्फ २ करोड, दिर्घरोगी उपचारको लागी यातायत खर्च ६ हजार, प्रत्येक सुत्केरी लाई यातायात खर्च एक हजार पाँच सय रुपैया, प्रत्येक वडा वडामा स्वरोजगार कार्यक्रमको लागी १ करोड १२ लाख, ग बर्गका अपाङ्गहरुका मासिक भत्ता रु ८ सय जस्ता कार्यक्रमलाई प्रमुखता दिई बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाले विगतका बर्षहरुमा भन्दा यस बर्ष फरक तरीका स्वास्थ्य, कृषि पशुपालन, युवा स्वरोजगारमा केन्द्रीत गरी बजेट निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जि.सीं.ले बताए । बजेटको अधिकाशं क्षेत्र कृषि र पशुपालनमा समेटिएको, गाउँ फर्किआएका युवाहरुलाई गाउँमै आय आर्जन गरी उधमी बनाउने हिसावले बजेट ल्याएको अध्यक्ष जिसीले बताए ।

गाउँपालिकाले प्रस्तुत गरेको बजेट गाउँसभाबाट असार १० गतै नै सर्वसहमती बाट पारित भएको छ । गाउँपालिकाबाट पारित भएको बजेट २०७७ श्रावण १ गते देखी नै कार्यान्वयनमा जाने प्रमुख प्रशासकिय अधिकृत ऋषिराम अर्जेलले बताए । कोभिड १९ को कारण भारत तथा तेस्रो मुलक बाट आएका गाउँवासीलाई गाउँमै अड्याउने गरी बजेट केन्द्रीत रहेको प्रमुख प्रशासकिय अधिकृत अर्जेलले बताए । गाउँपालिकाले आगामी बर्ष डोजर बाट हुने माटो कटिङ्गको सम्पुर्ण मानविय जनशक्ति बाट गराउने निति लिएको छ । गाउँपालिकाले जेठ मसान्त सम्म समग्रमा ८६ प्रतिशत बजेट खर्च भएकोमा चालु तर्फ ६७ र पुजीगत तर्फ ५२ प्रतिशत रकम खर्च भएको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update